• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रपति भण्डारीकी सम्धिनीले केन्द्रीय सदस्यमा ल्याएको यस्तो नतिजाले सबै चकित

    5.4K
    SHARES


    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन् । १४ औं महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी हुन् ।

    पूर्वराष्ट्रपति तथा काँग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण ४ जना मधेसी तर्फको महिला केन्द्रीय सदस्यमा अटाउन सकिनन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनी समेत रहेकी उनी आगामी ४ वर्ष काँग्रेस केन्द्रीय समिति बाहिर रहने भएकी छन् । चार जना महिलामा शेखर कोइराला प्यानलबाट उनको मात्र उम्मेदवारी परेपनि किरण पराजित भइन् ।

    शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।

    त्यस्तै नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

    पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ ।

    यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

    अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उनले सुनाए ।

    विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो ।

    त्यस्तै नेपाली काँग्रेसको ‘मधेसी खुल्ला’तर्फ उद्योगपति विनोद चौधरी दोस्रो लोकप्रिय मत ल्याएर विजयी भएका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा मधेसी खुल्लातर्फ खसेको ४६७६ मच मध्ये चौधरीले २२०६ मत ल्याएका छन् ।

    अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् । मधेसी खुल्ला ५ केन्द्रीय सदस्यका लागि २३ जना चुनावी प्रतिस्पर्धामा थिए । चौधरीले २१ जनलाई उछिनेर दोस्रो लोकप्रिय मत प्याएर केन्द्रीय सदस्य भएका छन् ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया