• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    लुम्बिनी विशेष समाचार

    आजदेखि बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइदै, कति बर्षसम्मकाले लगाउन पाउछन ?

    683
    SHARES


    काठमाडौँ । लुम्बिनी प्रदेशका नौ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोर्डना खोप लगाइदैछ । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो ।

    लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।

    जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने कार्यक्रम रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले जनाएको छ । अहिले रुपन्देही, दाङ र बाँकेमा भने १२ वर्षमाथिका बालबालिका र दीर्घरोगीका लागि फाइजर खोपको दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।

    सरकारले कोभिडविरुद्धको मोर्डना खोप ग्रामीण भेगको बालबालिकालाई उपलब्ध गराउने भएको छ । ग्रामीण भेगका बालबालिका खोपबाट पूर्णरुपमा बञ्‍चित भएकाले मोर्डना खोप वितरण गर्न लागेको हो । बालबालिकालाई विद्यालयबाटै खोप पाउने भएका छन् ।

    नेपालमा खोप लगाउन सुरु गरेको एक वर्ष पुग्‍नै लाग्दा ग्रामिण भेगका बालबालिकालाई खोप पाउन लागेका छन् । सबैभन्दा बढी जोखिम रहेको भन्दै सुरुवातीमा ज्येष्‍ठ नागरिकलाई खोप दिएको थियो । अधिकांश नागरिकले पहिलो मात्रा खोप पाउँन थालेपछि सरकारले बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा.सागरकुमार दाहालकाअनुसार खोप सबैलाई पुर्याउने लक्ष्यसहित बालबालिकालाई प्राथमिकतामा राखिएको हो । ‘मोर्डना खोप गाउँ-गाउँमा लगेर लगाइन्छ,’ उनले भने,’ फाइजर खोप सहर केन्द्रित गरी खोप लगाइन्छ ।’

    लक्ष्यअनुरुप सबैलाई खोप पुर्याइने योजना रहेको उनले बताए । निश्‍चित क्षेत्र वा प्रदेश तोकेर खोप लगाइने भएको दाहालले प्रष्ट पारे । महाशाखाले १0२ देखि १७ वर्ष उमेर समूहकालाई लगाउने तयारी गरेका छन् । ‘कहिले देखि लगाउने भनेर निर्णय भएको छैन,’ उनले भने,’खोप लगाउने मिति चाँडै सार्वजनिक गर्नेछौं ।’ मोर्डना खोप दुई डोज लगाउनुपर्ने उनको भनाइ छ ।

    पुस महिनासम्ममा लक्ष्य अनुरुप दुईतिहाइलाई खोप लगाइने दाहालको भनाइ छ । दिनप्रतिदिन खोप लगाउनेको संख्या बढिरहको उनले दाबी गरे । खोपको मात्रा पूरा गरेकालाई खोपको थप मात्रा दिने योजना रहेको उनको भनाइ छ ।

    सबै खोप लगाइसकेकालाई थप खोप दिन छलफल चलाइरहेको दाहालको भनाइ । धेरैभन्दा धेरै मानिसलाई खोप दिएर मात्र थप खोप उपलब्ध गराउन सक्ने उनले ईकागजलाई जानकारी दिए । शुक्रबार कतार एयरवेजमार्फत १ लाख ८८ हजार ४ सय मात्रा मोर्डना खोप नेपाल ल्याइएको थियो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आइतरबारसम्ममा नेपालमा हालसम्म १ करोड ९० लाख ५० हजार ८ सय ३४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा १ करोड ३ लाख ५२ हजार ८ सय ४५ र दोस्रो मात्रा ८६ लाख ९७ हजार ९ सय ८९ जनाले खोप लगाइसकेका छन् ।

    गत वर्षको माघको पहिलो सातादेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । सरकारले भारतसँग कोभिसिल्ड र चीनबाट भेरोसेल खोप मात्र खरिद गरेको छ । एस्ट्राजेनेका, मोर्डना र जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्सअन्तर्गत अनुदानमा प्राप्त गरेको छ । यसअघि एक लाख फाइजर मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइसकेको छ  ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया