• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    मंगल ग्रहमा अनौठो जीव देखिएको अमेरिकी वैज्ञानिकको दाबी

    506
    SHARES


    अमेरिकी अन्तरीक्ष संस्था नासाका एकजना वैज्ञानिकले मंगल ग्रहमा किराको आकार भएको जीव देखिएको दाबी गरेका छन् । मंगल ग्रहमा जीवन रहेको सबुत फेला परेको उनको दाबीमा नासाका अन्य वैज्ञानिकहरू आश्वस्त हुन सकिरहेका छैनन् ।

    तथापि उनले अन्तिम समयसम्मै आफू आफ्नो दाबीमा अडिग रहने र आफूले मंगल ग्रहमा किरा आकारको प्राणी देखेको बताएका छन् ।नासाका ९७ वर्षीय वैज्ञानिक गिलबर्ट वी लेभिनका अनुसार उनी ४५ वर्षअघि नासाको भाइकिंग मंगल यान मिसनको सुपरभाइजर थिए जसको नाम लेबल्ड रिलिज एक्सपेरिमेन्ट थियो ।

    नासाको उक्त मिसनको माध्यमबाट मंगल ग्रहको माटोमा सुक्ष्म जीवहरूले छाड्ने ग्यासहरुको जाँच गरिएको थियो । लेभिनले त्यतिबेलै सन् १९७६ को जुलाई २० मा मंगल ग्रहको बल्ड रिलिज टेस्टका क्रममा मंगल ग्रहमा जीवनको सम्भावनाको सबुत फेला परेको बताएका थिए ।

    मंगल ग्रहका विभिन्न चार वटा स्थानमा उक्त प्रयोग गरिएको थियो र सबैको नतिजा एकैखालको थियो र पृथ्वीमा हुने परीक्षणसँग मिल्दोजुल्दो थियो । तर नासा उक्त परीक्षणबाट पूर्णरुपमा सन्तुष्ट हुन सकेन ।

    तथापि भाइकिंग मार्स प्रोबमा जडान गरिएको अर्को यन्त्र भाइकिंग मोलिक्यूलर एनालिसिस एक्सपेरिमेन्टले मंगल ग्रहमा कुनै पनि जीव पत्ता लगाउन सकेको थिएन । त्यसपछि नासाले रिपोर्ट जारी गर्दै मंगल ग्रहमा वास्तवमा जीवन नरहेको बताएको थियो ।

    मंगल ग्रहमा जीवनको अस्तित्व रहेको दाबी गर्ने गिलबर्टको त्यतिबेलै कडा आलोचना भएको थियो । तर उनी आफ्नो दाबी सही भएको बताउँछन् । नासाले पछिल्लो पटक मंगल ग्रहमा पठाएको क्युरोसिटी रोबरले समेत मंगल ग्रहमा किराजस्तो आकारको जीवको तस्वीर खिचेको उनको दाबी छ । एजेन्सी

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया