• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    एमसीसी पारित नगर्न विप्लवको चेतावनी, प्रकाण्डसहितका नेता कार्यकर्ता घाइते भएपछि निकाले यस्तो बिज्ञप्ति

    1.6K
    SHARES


    काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न चेतावनी दिएका छन् । साथै उनले सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई पनि एमसीसी पास नगर्न विशेष आग्रह गरेका छन् ।

    मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले विभिन्न राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई पनि एमसीसीविरुद्ध आआफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गरेका छन् ।

    राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा आफ्नो पार्टीसहित विभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद् भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति उनले घोर भत्र्सना समेत गरेका छन् ।

    ‘राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा हाम्रो पार्टीसहित विभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद् भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’विप्लवले विज्ञप्तिमा भनेका छन् ।

    उनले आन्दोलनका क्रममा घाइते भएका पार्टी केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, प्रेम, प्रकाश, वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । त्यस्तै गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको तुरुन्त रिहा गर्न माग गरेका छन् ।

    ‘आन्दोलनका क्रममा घाइते हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता क. प्रकाण्ड, क. प्रेम, प्रकाश, वैज्ञानिक समाजवादी पार्टीका संयोजक क. आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको तुरुन्त रिहाइको माग गर्दछौँ । ’विज्ञप्तिमा भनिएको छ ।

    विप्लवले सरकारी दमनको डटेर सामना गर्दै राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा नेतृत्व गर्नुहुने सबै राजनीतिक पार्टी, मोर्चा, अभियानका नेतृत्व, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी र सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् । साथै सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गरेका छन् ।

    ‘दमनको डटेर सामना गर्दै राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा नेतृत्व गर्नुहुने सबै राजनीतिक पार्टी, मोर्चा, अभियानका नेतृत्व, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी र सम्पूर्ण आदरणीय जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । हाम्रो पार्टी सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गर्दछ । साथै सबै राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई आफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

    उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह समेत गरेका छन् । साथै एमसीसी नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गरेका छन् । उनले एमसीसी खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्ने समेत जनाएका छन् ।

    ‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गर्दछौँ । नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गर्दछौँ । राष्ट्रघाती एमसीसीविरुद्धको सङ्घर्ष सम्पूर्ण नेपालीहरूको साझा दायित्व हो । यसको खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्नेछ । त्यसैले राष्ट्रिय स्वाधीनताको यो महत्वपूर्ण सङ्घर्षमा आआफ्नो तहबाट सहभागी हुन नेपालका सबै क्षेत्र र देशबाहिर रहनुभएका सबै नेपालीहरूमा हार्दिक अनुरोध गर्दछौँ । साथै कुनै पनि स्थितिमा एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रिनसमेत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिको अन्त्यमा भनिएको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ…

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया