• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    टिप्स

    महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानुहुन्छ ? अनिवार्य जान्नुहोस् यी कुरा

    1K
    SHARES


    काठमाडाै‌ । महिनावारीको क्रममा महिलालाई तल्लो पेट दुख्नु एक सामान्य प्रक्रिया हो । यो दुखाई साधारण हुन्छ । तर जब यो दुखाई असह्य हुन्छ तब अधिकांश महिला दुखाई कम गर्ने औषधी (पेनकिलर) खान्छन् । तर यो औषधी खाँदा महिलाले केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

    यदि महिनावारीको क्रममा अत्यधिक पीडा भयो भने दुई भन्दा कम (माइल्ड डोज) पेनकिलर खाँदा पनि आराम महसुस हुन्छ । तर यति गर्दा पनि पीडा कम भएन भने चाहिँ चिकित्सकको परामर्श लिनु पर्दछ ।

    यदि तपाईंलाई अत्यधिक पीडा हुन्छ र दिनमा दुई भन्दा धेरै पेनकिलर खाइरहनुभएको छ भने यसले साइड इफेक्ट गराउन सक्छ । साथै थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

    किशोरी अवस्थामा महिलालाई महिनावारी हुँदा अत्यधिक पीडा हुन्छ । तर उमेर बढेसँगै यसको दुखाईमा कम हुन थाल्छ । त्यसैले उमेर बढेसँगै पेनकिलर खानबाट बच्नु पर्दछ । यी हुन् साइड इफेक्टहरु :

    लामो समयसम्म पेन किलरको प्रयोग गर्दा कलेजो र मिर्गौला खराब हुने खतरा बढ्छ । निन्द्रा नलाग्ने समस्या हुनसक्छ । चिलाउने र छाला पोल्ने समस्या हुनसक्छ । एसिडिटीको समस्या निम्तिन सक्छ । कब्जियत वा झाडा लाग्न सक्छ । पेटमा अल्सर हुनसक्छ । जाडोमा ‌ओठ फुट्नबाट जोगाउने उपाय-

    लिपबाम दल्नुस् – समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ।

    स्क्रब गर्नुस्- फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन।

    नकोट्याउनुस् – ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ। जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ।

    ओठ नचाट्नुस्-  जाडोमा ओठ सुखा हुने भएकाले ओठ फुट्ने गर्छ। ओठको सुखापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ। यस्तो गर्नु हुँदैन। यस्तो गर्नाले ओठ अझ बढी सुखा हुन्छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया