• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कांग्रेस महाअधिवेशन- नतिजा उल्टियो, यस्तो ताजा मत परिणाम

    1.4K
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेस वागमती प्रदेश अधिवेशनको मतगणना जारी रहँदा सभापतिका दुई उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

    पहिलो सय मत गणनामा देउवा पक्षीय उम्मेदवार इन्द्र बानियाँले अग्रता लिए भने त्यसपछि अर्को सय मत गणना हुँदा पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीले अग्रता बनाए ।

    अहिले ८ सय मत गणना हुँदा बानियाँले फेरि अग्रता बनाएका छन् । बानियाँले ९०० मत गणना हुँदा ४७७ मत प्राप्त गरेका छन् भने केसीले ४२० मत पाएका छन् ।

    पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि वागमतीमा पुनः मतदान भएको थियो । यहाँ दुईहजार भन्दा धेरै मत खसेको छ ।

    त्यस्तै प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । ९०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ४४८ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ४१९ मत पाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया