• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    मध्यराति कमल थापा र पूर्वराजा ज्ञानेन्द्रबीच गोप्य भेट भएको खुलासा, यस्तो रहस्य खुलेपछि सबै चकित

    2.6K
    SHARES


    काठमाडौँ  । साँझपख पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाबीच गोप्य भेटवार्ता भएको खुलासा भएको छ ।

    थापाले निर्मल निवासले आफूलाई हराउन भुमिका खेलेको बताएपछि उक्त भेटवार्ताको बारेमा रहस्य खुलेको हो । राप्रपाको महाधिवेशन शुरु नहुँदै पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेता कमल थापाबीच भेटवार्ता भएको हो ।

    ज्ञानेन्द्र र कमल थापाबीच दुरी बढेको पनि सोही भेटवार्तापछि हो । स्रोतका अनुसार पूर्वराजा र थापाबीच भएको सो भेट अहिलेसम्म गोप्य नै रहेको छ । केवल राप्रपाका नेताहरुबीच मात्रै सो भेटको गाइँगुइँ हल्ला चलेको थियो ।

    उक्त भेट निकै लामो भएको र राजनीतिक विषयमा केन्द्रित थियो । तथापि सो भेटबारे कमल थापाले औपचारिकरुपमा कसैलाई खुलेर बताउने गरेका छैनन् ।

    उच्च स्रोतका अनुसार सो भेटमा पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनतामा आकर्षण बढ्दै गइरहेको भन्दै अब राप्रपाले सडक आन्दोलन र विद्रोहको तयारी गर्नुपर्ने धारणा राखेका थिए । तर, थापाले भने त्यसरी सडकमा जुलुस निकालेर मात्रै राजतन्त्र फर्कन नसक्ने धारणा राखेका थिए ।

    नेता थापाले पूर्वराजासमक्ष वर्तमान संविधानको पक्षमा समेत वकालत गरेका थिए । यो संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई अपरिवर्तनीय नभनेको हुनाले राप्रपाले बहुमत ल्याएर संवैधानिक बाटोबाटै राजतन्त्र फर्काउन सकिने थापाले बताएपछि पूर्वराजाले त्यो कहिले हुन्छ ? भन्दै गद्दीमा चाँडै फर्कने चाहना प्रकट गरेका थिए ।

    तर, थापाले चाहिँ कसैको व्यक्तिगत इच्छाले मात्रै राजतन्त्र नर्फने, यसका लागि वस्तुगत परिस्थिति तयार हुनुपर्ने बताएका थिए । राप्रपा ठूलो दल बन्यो र काठमाडौंमा एकलाख मानिस उतार्न सकियो भने बल्ल राजतन्त्र फर्कन सक्ने थापाले अडान राखेका थिए ।

    चाँडै राजतन्त्र फर्कन सक्दैन भन्ने थापाको तर्क सुनेपछि पूर्वराजा त्यहीँबाट रिसाएको स्रोतले बतायो । थापाले चाहिँ ज्ञानेन्द्रसँगको भेटपटि आफू निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘उमेरका कारणले हो कि किन हो, राजालाई चाँडो राजगद्दीमा बस्न मन लागेछ, वस्तुगत परिस्थिति नबनेसम्म सडक आन्दोलनबाट राजतन्त्र फर्कन सक्दैन, यसका लागि समय लाग्छ ।’

    त्यसो त छँदाखाँदाको राजतन्त्र अन्त्य हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको अदुरदर्शिताले पनि भूमिका खेलेको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् । ०५९ साल असोज १८ उनले आफ्नो हातमा शक्ति लिने उद्देश्यले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई अपदस्थ गरे ।

    पछि ०६१ माघ १९ गते लोकतन्त्र नै अपदस्त गरेर शाही शासन लाद्ने काम गरे र आफैं मन्त्रिपरिषदको अध्यक्ष बने । शाहले यसरी शासनको भोक नदेखाई वीरेन्द्रले जस्तै संवैधानिक भएर बसेको भए शायद गणतन्त्र यति छिटै आउने थिएन कि ?

    तर, सक्रिय हुने नाममा ज्ञानेन्द्रले ०४७ को संविधान कुल्चने काम गरेपछि राजतन्त्रको दुःखका दिन त्यहीँबाट शुरु भए । गणतन्त्र आइसकेपछि पनि पूर्वराजाले पटक–पटक गद्दीमा फर्कने आशा र अपेक्षा राख्दै आएका छन् ।

    यद्यपि भावी राजाका रुपमा हेरिएका पारस साहलाई देखेर मानिसहरु राजतन्त्रप्रति खासै आकर्षित छैनन् । तथापि यस्तो बेलामा पूर्वराजाले राजावादी पार्टी राप्रपालाई एकतावद्ध बनाउनुपर्ने र शक्ति आर्जन गर्नुपर्नेमा पटक–पटक राप्रपालाई भुटाउने भूमिका खेल्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया