• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    अध्यक्षमा पराजित भएपछि पूर्वराजालाई कमल थापाको धम्की !

    1K
    SHARES


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको भन्दै आपत्ती जनाएका छन् ।

    आइतबार विहान पराजित भएलगत्तै उनले विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई दिँदै पूर्वराजाले चुनावमा हस्तक्षेप गरेको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ।

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई ज्ञानेन्द्र शाह । धन्यवाद । मैले राहत र उन्मुक्ति पाएको छु।’

    उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएको भन्दै राजाले आफूलाई राजनीतिकरुपमा समाप्त पार्न चेष्टा गरेको आरोप पनि लगाएका छन् ।

    ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

    थापाले लेखेका छन् । आइतबार बिहान सकिएको मतगणनाअनुसार थापालाई हराउँदै लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै राप्रपामा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् ।

    आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर चन्दका छोरासम्म निर्वाचित भएका छन्।

    पुरुष तथा महिला खुल्ला तर्फ तीन नम्बरमा पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्र चन्दका छोरा जयन्त चन्द १८८६ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    त्यसैगरी पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती ३४औं नम्बर १२५८ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् । त्यसैगरी एन्फा पूर्वअध्यक्ष गणेश थापाका छोरा अभिषेक थापा २३औं नम्बरमा १३२७ मतसहित निर्वाचित भएका छन् ।

    महिला खुल्ला तर्फ कमल थापाकी छोरी २३औं नम्बमा प्रतिष्ठा थापा १५३० मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया