• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन- प्रचण्ड

    535
    SHARES


    काठमाडौँ । सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

    शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र दलहरुबीच सहमति हुनुपर्ने बताए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध भइरहेको आन्दोलनकाबीच शुक्रबार माओवादीकै सांसद रामनारायण विडारीले महाअभियोगको तयारी भइरहेको बताएका थिए । तर, शनिबार प्रचण्डले दलहरुबीच सहमति नभई अगाडि नबढ्ने बताएका हुन् । उनले कसैले जबरजस्ती एमसीसी र महाअभियोगलाई अगाडि नबढाउने बताए

    यही मंसिर २८ गतेका लागि बोलाइएको संसद अधिवेशनमा कसैले एमसीसी र महाअभियोगका लागि बोलाइएको अनुमान गरे पनि त्यस्तो केही नहुने बताए । उनले संसदको नियमित हिउँदे अधिवेशन बोलाइएको स्पष्ट पारे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया