• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ६७ किसानलाई नगद राहत, अपांगता भएका २८ जनालाई सहयोग

    441
    SHARES


    धनकुटा । छथर जोरपाटी गाउँपालिकाले असिनापीडित ६७ किसानलाई राहत वितरण गरेको छ । अपाङ्गता भएका २८ जनालाई सहयोग पनि गरेको छ ।

    पालिकाले ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा ६७ किसानलाई नगद राहत र अपांगता भएकालाई नगद र यन्त्र सहयोग गरेको हो ।

    तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२,आंशिक, २० सामान्य २३ र बाली क्षतितर्फ दुई परिवारलाई राहत दिइएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

    पूर्ण क्षति भएका किसानलाई १५ हजार, आंशिकलाई १० हजार,सामान्यलाई ५ हजारका दरले र बाली क्षति भएका १-१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय गरी ६ लाख ४२ हजार ५ सय बरावरको राहत दिइएको छ ।

    १६ जना अपांगता भएका व्यक्तिलाई श्रवण यन्त्र र १२ जना अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ ।

    शिविर सञ्चालनका क्रममा चिकित्सकले सिफारिस गरेकालाई श्रवण यन्त्र र आर्थिक अवस्था कमजोर भएका ‘ग’ र ‘घ’ वर्गका अपांगता भएकालाई नगद ५ हजारका दरले सहयोग गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया