• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विमलेन्द्र निधि धनुषा–३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

    413
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन् ।

    उपसभापति निधि पत्नी अनामिका निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमिला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

    त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधि सर्वसम्मत निर्वाचित भएका छन् । धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको नेपाली काँग्रेसका युवा नेता परर्फुल घिमिरेले जानकारी दिए ।

    त्यसै नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । गत शुक्रबार सुरु भएका जिल्ला अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ ।

    देशका आधाभन्दा धेरै जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर देखिएको छ । कृष्ण सिटौलाको तेस्रो धारले पनि एक जिल्लामा सभापति जित्न सफल भएको छ ।

    ४५ जिल्लाको परिणाममा देउवा पक्ष केही बलियो देखिएको छ । देउवा समूहका २२ जना जिल्ला सभापति निर्वाचित भएका छन् । पौडेल समूहका २० जनाले सभापति जितेका छन् । यस्तै सिटौला पक्षका एकजनाले चुनाव जित्दा २ जना भने कतै खुलेका छैनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया