• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    भीम रावलले भर्खरै गरे यस्तो डरलाग्दो निर्णय, एमालेमा खैलाबैला, अब के गर्छन ओली ?

    5.6K
    SHARES


    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलल नयाँ घोषणा गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग झोँक्किदै नयाँ घोषणा गरेका हुन् । १९ मिनेटको अन्तरमा सामाजिक संजालमा दुई वटा ट्वीट गर्दै उनले ओली प्रवृत्तिको आलोचना गरेका हुन्।

    उनले पहिलो ट्वीटमा लेखेका छन्, ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारी सम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।’

    १९ मिनेटपछि उनले अर्को ट्वीट गर्दै उनले लेखेका छन्, ‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।’

    यसबाटै एमालेको महाधिवेशनले दिने सन्देश के हुन्छ भनेर स्पष्ट बुझ्न सकिन्छ। गत शुक्रबारदेखि चितवनमा भइरहेको महाधिवेश आज सकिनु पर्ने हो। तर के हुन्छ भनी यसै भन्ने अवस्था छैन ।

    गोप्य स्थलमा बसेर केन्द्रीय कार्यसमिति चयन गर्नु उपयुक्त नभएको उनको निष्कर्ष छ । उनी अध्यक्षमा उम्मेदवारी दिनका लागि हिजोदेखि नै प्रचारप्रसारमा थिए।

    तर ओली भने खल्तीबाट नाम तयार गरेर कार्यसमिति तयार गर्न लागिपरेका छन । ओली प्रवृत्तिको खुलेर विरोध गर्ने उनी एक्ला हुन्। केपी ओली प्रवृतिका कारण रावलले पार्टी छोडे एमाले फेरी पनि ध्वस्त हुनेछ।

    त्यस्तै नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनका क्रममा निर्वाचित हुने ३०१ जना केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओली निकट ४ जना नेताहरुले अध्यक्ष ओलीलाई बुझाएका छन् ।

    शनिबार बन्दसत्रले केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएको थियो । ओलीले गृहकार्य गरेर सूची तयार पार्न आफू निकट ४ जना नेताहरुलाई जिम्मा दिएका थिए ।

    विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मेवारी दिएका थिए । उनीहरुले ओलीलाई सूची बुझाएका छन् । उनीहरुले पदाधिकारी र सदस्यको सूची बनाएर ओलीलाई बुझाएका हुन्।

    ओलीले सो सूचीलाई अन्तिम रुप दिएपछि बन्दसत्रमा पेश गर्ने जनाइएको छ । बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन । अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

    नामलिस्ट तयार पार्नेबहरुले ओलीनिकट मान्छेहरु मात्रै हालेको भन्दै महाधिवेशनमा खैलाबैला मच्चिएको छ । बिहान १० बजेदेखि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा सहमतिका लागि भन्दै बन्दसत्र रोकिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया