• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    न्युक्यासलमाथि आर्सनलको सहज जित

    674
    SHARES


    काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्युक्यासलमाथि २-० को सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनलले लिगमा सातौं जित निकालेको हो।

    पहिलो हाफमा बराबरीमा रोकिएको आर्सनलले दोस्रो हाफमा २ गोल हान्न सफल भयो । आर्सनलका लागि बुकायो सकाले ५६औं मिनेटमा र गाब्रियल मार्टिनेलिले ६६औं मिनेटमा गोल गरेका थिए । जितपछि आर्सनलको चौथो स्थानको वेस्टह्याम समान २३ अंक भए पनि पाँचौ स्थानमा कायम छ।

    यस्तै इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनविरुद्ध ४-० को फराकिलो जित निकालेको छ । भएको खेलमा लिभरपुलले निकाल्दा आर्सनलले पनि न्युक्यासलमाथि २-० को सहज जित निकाल्यो।

    शनिबार घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटाले दुई गोल गर्दा थिएगो अलकान्त्रा र भान डाइकले एक-एक गोल हाने। जितसँगै लिभरपुलले शीर्ष स्थानको चेल्सीसँगको अन्तर एक अंकमा झारेको छ। लिभरपुलको १३ खेलमा २८ अंक भएको छ भने शीर्ष स्थानको चेल्सीको २९ अंक छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया