• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    काँग्रेसको इलाम जिल्ला सभापतिमा देउवा पक्षीय डम्बर खड्का निर्वाचित

    740
    SHARES


    काठमाडौँ । नेपाल काँग्रेस इलामको जिल्ला सभापतिमा संस्थापन पक्षीय डम्बर खड्का निर्वाचन भएका छन् । खड्काले संस्थापन इतर पक्षीय भेषराज आचार्यलाई पराजित गरेर सभापति बाजि मारेका हुन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हिमाल कर्माचार्य सभापति रहेको इलममा अब सभापति शेरबहादुर देउवा पक्षीय खड्का आएका छन् ।

    सुरुका जिल्ला सभापतिका लागि डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले खड्कालाई सघाएका थिए । पौडेल पक्षीय कर्माचार्य र देउवा निकट थापाले खड्कालाई सघाएपछि आचार्य पराजित हुन पुगेका हुन् ।

    शनिबार अपराह्न सार्वजनिक मत परिणामानुसार खड्काले ९३५ मत लाएका थिए भने आचार्यले ७७५ मत पाएका छन् । इलामका निर्वाचन अधिकृत रमेश जोशीका अनुसार १६० बढी ल्याएर खड्का सभापति निर्वाचन भएका छन् ।

    जिल्ला उपसभापतिमा भने आचार्य समूहका खगेन्द्र देवान र विष्णु सुब्बा (दाहाल) विजयी भएको जोशीले बताए । देवान ८७४ र दाहाल ७७८ मत प्राप्त गरि उपसभापतिमा निर्वाचित भएका थिए भने केदार थापा ७४७ र होम दुलाल ६९९ मत पाएर पराजित भए ।

    पराजित दुवै जना खड्का नेतृत्वको प्यानलबाट उपसभापतिका प्रत्यासी थिए । सचिवमा खड्का समूहका निरोज खड्गी र पूर्णप्रसाद गौतम निर्वाचित भएका छन् । आचार्य प्यानलका गौतमले ८१९ र खड्गीले ७९३ मत प्राप्त गरेका थिए ।

    गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको प्यानलबाट सचिव निर्वाचित भएका छन् । आचार्य प्यानलका सचिव पदका अर्का प्रत्यासी विष्णु कार्कीले ७२२ र खड्का प्यानलका हुकुमलाल थेवेले ७१५ मत पाएका थिए ।

    यस्तै सहसचिवमा डालाकुमारी कार्की र देवेन्द्र कुमार सुवेदी विजयी भएका छन् । कार्कीले ८६५ मत र सुवेदीले ७८१ मत पाएका थिए कार्की खड्का प्यानल र कार्की आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया