• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो, केछ अवस्था ?

    1.5K
    SHARES


    काठमाडौँ । काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।

    बुद्ध एयरको ७२ सिटे जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको जहाज स्यालसँग ठोकिएको हो । जहाज स्यालसँग ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।

    जहाज स्यालको बच्चासँग ठोक्किएको र ठोक्किएको जहाजको इन्जिन चेक भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

    नेपालगञ्जबाट काठमाडौं जाने प्यासेन्जरहरूलाई बुद्ध एयरकै अर्को जहाजमा ल्याउन लागिएको बुद्ध एयरका सञ्चालक बीरेन्द बस्नेतले जानकारी दिए । जहाजमा सामान्य क्षति भएपनि थप विवरण भोलिमात्र आउने उनले बताए ।

    विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बस्नेतको भनाई छ । यसअघि सोही स्थानमा तारा एयरको जहाज पनि बँदेलसँग ठोक्किएर दुर्घटना भएको थियो ।

    घर फर्काउनुभन्दा नेपालगञ्जसम्म भनेपनि पुर्‍याऔँ भनेर विमान उडायौँ : वायु सेवा निगम

    मंगलबार रुकुम (सल्ले) का लागि काठमाडौँबाट उडेको जहाज नेपालगञ्ज अवतरण गर्नुपर्नाको कारण बारे नेपाल वायुसेवा निगमले मुख खोलेको छ ।

    बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले सो घटना बारे बाहिर उठेको टिका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपालगञ्जत अवतरण गराउनु पर्नाको कारण रहर नभएर बाध्यता भएको बताएको छ ।

    मंगलबार बिहान ५ः १५ का लागि काठमाडौँ–रुकुम (सल्ले) उडान तालिका तयको निगमको जहाज खराब मौसमका कारण समयमै उड्न नसकेको र ढिला गरी २ः १५ मा मात्र उडेको निगमले जनाएको छ ।

    उक्त जहाज सल्ले पुग्न बेलुकी ५ बज्ने तर जहाजको चालक दल सहितका अन्य कर्मचारीको ड्युटी समय ४ बजेसम्मको मात्र भएकाले समय पाबन्दीका कारण बाध्यताले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा निगम पुगेको बताएको छ ।

    एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमको भनाई छ । एकाबिहानैदेखि काठमाडौँमा रोकिएका अकुपेन्सी (सेवाग्राही) लाई घर फर्काउनुभन्दा नेपालगञ्जसम्म भनेपनि पुर्‍याउ भन्नेले उद्देश्यले निगमले उडानको निर्णय लिएको समेत स्पष्ट पारेको छ ।

    गत मंगलबार सल्लेका लागि उडेको जहाज पाइलटको ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमा आपत्कालीन अवतरण गरियो भन्दै सनसनी मच्चिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया