• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    प्रधानमन्त्रीद्वारा एकाएक राजीनामाको घोषणा

    858
    SHARES


    काठमाडौँ । प्रधानमन्त्रीले एकाएक राजीनामाको घोषणा गरेका छन् । गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र बजेट पारित हुन सकेन। मैले सभामुखलाई आफूले राजीनामा गर्न चाहेको बताएकी छु,” प्रधानमन्त्रीले संवाददाताहरूसँग भनिन्।

    स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन्। म्याग्डलेना यान्डरसन प्रधानमन्त्री भएको घोषणा बुधवार गरिएको थियो। ”

    उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले “उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको” बजेट स्वीकार गर्न नसकेको जनाएको छ।

    यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन्। “कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ,” सोसियल डेमोक्र्याट उनले बुधवार भनिन्।

    “वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न चाहन्नँ।” संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन्। बुधवार यान्डरसन प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन्। \

    स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ। स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भइन्। उनी नियुक्त भएपछि संसद्‌मा सांसद्हरूले उठेर तालि बजाएका थिए।

    संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरिन्।

    सानोमा पौडीबाजमा विजेता बनेकी उनले सन् १९९६ मा राजनीतिमा हात हालेकी थिइन्। उनी त्यतिबेलाका प्रधानमन्त्रीकी राजनीतिक सल्लाहकार रहेकी थिइन्। उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन्।

    स्वीडेनका राजाले आफ्ना पाँचजना नातिनातिनालाई राजदरबारबाट निकालिदिएका छन्। राजा कार्ल १६ औँ गुस्ताफले गरेको निर्णयको अर्थ ती बालबालिकासँग अब रोयल हाइनेसको पद रहने छैन र उनीहरूले आधिकारिक राजकीय जिम्मेवारी निर्वाह गर्नुपर्ने छैन।

    उनीहरू राजपरिवारका सदस्य भने रहिरहने छन् र उनीहरूको ड्युक र डचिसको उपाधि कायम रहने छ। उक्त परिवर्तनले सिंहासनको दाबेदार मानिएका राजाका अन्य दुई नातिनातिनालाई भने असर नपारेको बताइएको छ।

    अर्थ
    पर्यवेक्षकहरूका अनुसार उक्त कदमले शाही कर्तव्य पालना गर्न राजपरिवारका धेरै सदस्यहरूलाई राख्न जरुरी नरहेको भाव दर्शाएको छ।

    स्वीडेनका इतिहासकार डीक ह्यारीसन उक्त निर्णयले राजपरिवारका आधुनिक आवश्यकताहरू पूरा गर्नका लागि लिइएको हुन सक्ने बताउँछन्।

    उनका अनुसार पछिल्लो सय वर्षमा राजपरिवार सङ्ख्यात्मक हिसाबमा ठूलो हुँदै गएको थियो र त्यति धेरै परिवार सदस्यका लागि खर्च गर्न आवश्यक नरहेको धेरैको मत थियो। राजदरबारबाट हटाइनुले युवाहरूलाई साधारण जीवन बिताउन अनुमति दिने ह्यारीसन बताँउछन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ