• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमाले महाधिवेशनमा सहभागी हुँदा मास्क अनिवार्य

    87
    SHARES


    काठमाडौँ । १० देखि १२ मंसिरसम्म चितवनको नारायणगढमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउने पर्ने भएको छ।

    काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन्। यस्तै, महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने जनाइएको छ।

    त्यस्तै ओलीले आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।एमालेले दशौं महाधिवेशन चितवनमा गर्दैछ र प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताएका थिए ।

    मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले कोही चुनाव लडेको छ भन्दैमा जिल्ला नै उसको नहुने बताए । उनले भने, ‘हामी हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । तपाई पनि झापा आएर गर्नुस्, मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ