• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कांग्रेस महाधिवेशन- देउवाले र आरजुले कति मत पाए ?

    483
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचत भएका छन् । सोमबार भएको जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

    उनले ७९१ मत पाएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा ८४६ मत खसेकोमा देउवाले सर्वाधिक ७९१ मत पाएका हुन् ।

    कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ तर देउवा भने प्रत्येक महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि निर्वाचित हुँदै आएका हुन् ।

    खुला १० महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा देउवासहित गोविन्दराज बोहरा, नैनसिंह महर, रघुबर भट्ट, तारक बहादुर बुढाऐर, नबलबहादुर मल्ल, जनकराज कलौनी, जगत बहादुर ऐर, नरभान कामी र सुरेश राज जोशी निर्वाचित भएका हुन् ।

    त्यस्तै महाधिवेशन प्रतिनिधि खुला (महिला)तर्फ कांग्रेस नेतृ डा. आरजु राणा देउवासहित चार जना निर्विरोध भएका छन् । निर्विरोध हुनेमा आरजुसहित सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा रहेका छन् ।

    पुरुष खसआर्यतर्फ चार जनामा जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्न राज भट्ट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खसआर्य महिलामा कुमारी राजु भट्ट जोशी, पार्वती देवी झुकाल र मानकुमारी थापा निर्वाचित भएका छन् ।

    दलित (महिला) मा हरिनादेवी कामी, दलित (पुरुष) तर्फ सन्तोष जैरु, जनजातीतर्फ बलबहादुर गुरुङ र अपांगबाट जयप्रकाश भट्ट महाधिवेशन प्रतिनिधि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ