• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एक सातादेखि हराइरहेकी महिला मृत फेला

    299
    SHARES


    गोरखा । एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराएकी थिइन् ।

    उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रमवापुरमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका १० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवरको मृत्यु भएको हो ।

    बमा राति साढे १२ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

    यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका-८ बैजनाथपुरमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    गौर-चपुर सडकखण्डमा ना ५३ प ६११२ नम्बरको मोटरसाइकल र ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल गएराति पौने १ बजे आपसमा ठोकिएका हुन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका ६११२ नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका ९ का २४ वर्षीय रामाशंकर साहको उपचारको क्रममा चपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ