• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सामाजिक काम र समग्र चनखु विकासको लागि ह्याङ्ला टिमले पार्टी हेर्दैन- अध्यक्ष कुलमान

    434
    SHARES


    रामेछाप । ह्याङ्ला ह्युल सामुदायिक संस्थाका अध्यक्ष कुलमान योन्जन तामाङले सामाजिक काममा राजनीतिक दललाई नहेर्ने बताएका छन् । कांग्रेस रामेछापको सभापति पुर्ण बहादुर तामाङ(कान्छाराम) को व्यक्तिगत सहयोगमा स्तरोन्नति भएको चनखुको मुल सडक समापन तथा सम्मान कार्यक्रममा बोल्दै योन्जनले समग्र चनखु विकास र सामाजिक काममा ह्याङ्ला टिमले पार्टी नहेर्ने बताएका हुन् ।

    कांग्रेस  नेताहरुले ह्याङ्ला टिम पुरै काङ्ग्रेसमा प्रवेश गर्न आह्वान गरिएपछि योन्जनले भने – ‘हामी बर्षैपिच्छे पार्टीमा प्रवेश गरेको गरेकै छौँ । दोस्रो ल्होछार कार्यक्रममा माओवादीको नेतालाई प्रमुख अतिथिको रूपमा ल्याउँदा हामिलाई अन्य पार्टीका व्यक्तिहरूले माओवादी भएछन् भन्नुभयो ?

    तेस्रो ल्होछारमा एमाले निकट नेताहरुको उपस्थिति बाक्लो भएको कारण ह्याङ्ला टिम एमाले भएछन् भनियो,गत बर्षको ल्होछारमा कान्छाराम दाइ लगायत कांग्रेसका अन्य नेताहरु आउनुभएको थियो । फेरि हामीलाई अन्य पार्टीका व्यक्तिले ह्याङ्ला टिम कांग्रेसमय भएछन् भन्दै टिप्पणी गरे । योन्जनले फेरि थप्दै भने- ‘मान्छेको आ-आफ्नो विचार हुन्छ । ह्याङ्ला टिममा पनि फरकफरक विचारको मान्छे हुन् सक्छन । तसर्थ अहिले हामी टथस्ट बसेका छौँ ,कुनै पनि पार्टीमा आबद्ध छैनौं ।’

    सामाजिक काम र समग्र चनखु विकासको लागि ह्याङ्ला टिमले पार्टी हेर्दैन । सायद! हामीले पार्टी हेरेको भए यो काम पनि असम्भव हुन सक्थ्यो । योन्जनले भने पार्टीमा आबद्ध हुँदा संस्थालाई पुरै नकारात्मक रूपमा अन्य व्यक्तिहरुले हेर्ने भएकोले पनि हामी टथस्ट बसेका छौँ ।´

    योन्जनले पार्टीमा प्रवेश गर्ने कि नगर्ने सम्बन्धमा टिमसंग थओ छलफल गर्नेसमेत बताए । निर्माण व्यवसायी एवम् समाजसेवीको रूपमा परिचित कान्छारामकै व्यक्तिगत सहयोगमा स्तरोन्नति भएको चनखुको मुल सडकको समापन कार्यक्रममा कांग्रेस रामेछापकै पुर्व सभापति रामचन्द्र खड्का प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस रामेछापको पुर्वसभापती खड्काले आफ्नो निजि सहयोगमा बाटो ग्राबेल गरिदिएकोमा दानबिर कान्छारामलाई धन्यवाद व्यक्त गर्दै नेतृत्व गर्ने ह्याङ्ला ह्युल सामुदायिक संस्थाको काम देखेर आफू खुशी भएको बताए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कान्छारामले आफुले ह्याङ्लाको ल्होछार कार्यक्रममा जनाएको प्रतिवद्वता पूरा गर्न पाएकोमा खुसी रहेको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ