• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    उम्मेद्वारी घोषणा गरेको २४ घण्टा नबित्दै भिम रावलले सुन्नपर्यो दुःखद खबर, अब के हुन्छ ?

    1.2K
    SHARES


    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीरबहादुर रावलले आगामी १०औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेको  गरेका छन्। रावलले आइतवार उमेदवारी दिने घोषणा गरेका थिए। अध्यक्षमा उमेदवारी घोषणा गरेको भोलीपल्टै रावल ठूलो तनावमा परेका छन् ।

    मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष केपी ओलीलाई चुनौती दिँदै रावलले पनि अध्यक्षमा उमेदवारी घोषणा गरेका थिए। तर भोली पल्टै उनले अप्रीयकर खबर सुन्नु परेको छ।

    रावलले साँचै आफ्नो उमेदवारीमा टिकेराखे र अन्तिममा मतदान सम्म हुने अवस्था आयो भने लज्जास्पद पराजय बेहोर्नु पर्ने प्रक्षेपण बाहिर आएको छ। ओलीसँग अध्यक्ष प्रतिस्पर्धा गर्ने हो भने रावलले जम्मा १० भोट पनि कटाउँन नसक्ने हिसाब किताब बाहिरिएको छ।

    काठमााडौँमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा सबैभन्दा लोकप्रिय मत ल्याएर विजयी बनेका रावल दशौँ  राष्ट्रिय महाधिवशेन सम्म पुग्दा लज्जास्पद पराजयको नजिक पुगेको विश्लेषण गर्न थालिएको छ।

    रावलले राजनितिक जीवनकै सबैभन्दा ठूलो भुल गरेको चर्चा पनि सुुरु भएको छ। भिम रावलले ओलीलाई चुनौती दिँदै अध्यक्षमा उमेदवारी घोषणा गरे पछि एमाले वृतमा यसले ठूलो हलचल ल्याएको छ। एमालेका देशभरका नेता कार्यकर्ताहरु अहिले रावलमाथी खनिएका छन्।

    उमेदवारी फिर्ता लिनुनै उनको लागी स्वस्थकर हुने सुझावहरु पनि आइरहेको छ। कुनै समय भिम रावल सँग निकै नजिक रहेको काम गरेका सुदुरपश्चिम प्रदेशकै एक चर्चित नेताले रावलको राजनितीनै समाप्त हुन सक्ने सम्भावना आफुले देखेको बताए।

    चुनावमा गएमा रावलले १० भोट पनि ल्याउँने नसक्ने दावी उनले गरेका छन्। कतिपयले भने भिम रावलको उमेदवारीलाई रणनीतिकक रुपमा पनि व्याख्या गरेका छन्।

    अहिले अध्यक्ष भनेर चर्चा गर्दा कम्तीमा उपाध्यक्षसम्म दिन ओलीलाई तयार पार्न यसो गरिएको भन्नेहरु समेत भेटिएका छन् । भिम रावलको चलाखी उपाध्यक्ष सुरक्षित गर्न अध्यक्ष दावी हुन सक्ने अनुमान पनि गरिएको छ।

    पार्टीको १०औँ महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो । सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ ।

    एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । जसअनुसार करिब एक सय महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

    यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन् । तर आफूलाई पुरस्कार नचाहिने भनिदिएको प्रचण्डले बताए ।

    चितवनमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘केही देशभित्रका साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिंडेका छन् । मैले भनेको छु अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद, मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिएको छैन ।’

    माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पुरस्कार नचाहिने बताउँदै भने, ‘शान्तिप्रक्रिया सम्पूर्ण रुपले टुंगिनुपर्यो । यो देश समाजवादतिर लाग्नुपर्‍यो । त्यो ठूलो कुरा हो, पुरस्कार ठूलो कुरा होइन भनेको छु ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ