• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कांग्रेस महाधिवेशन सुरु हुनै लाग्दा सभापतिका दुई आकांक्षीबीच जुट्यो यस्तो सहमति, देउवा र सिटौला मख्क

    491
    SHARES


    खोटाङ । खोटाङमा नेपाली कांग्रेस जिल्ला सभापतिका दुई आकांक्षीले सहकार्य गर्ने भएका छन् ।

    जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापति शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्वधन राई र नेता कृष्णप्रसाद सिटौला निकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीचमा सहकार्य गर्ने सहमति भएको हो ।

    हालसम्म दुबैले जिल्ला सभापतिमा दाबी गर्दै आएका थिए । महाधिवेशन प्रतिनिधि भूपेन्द्रले पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा सहयोग गर्ने सहमति भएको स्रोत जनाएको छ ।

    दुई पक्ष जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य तथा संघीय महाधिवेशन प्रतिनिधि टुंग्याउन छलफलमा जुटेको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख)को मत परीणामपछि सभापतिका दुई आकांक्षी एक ठाउँमा आइपुगेका हुन् ।

    रामचन्द्र पौडेल निकट पूर्वसभापति विष्णुकुमार राई र देउवा निकट महासमिति सदस्य रवीप्रकाश राई पनि कांग्रेसको जिल्ला सभापतिको दौडमा छन् ।

    महाधिवेशन प्रतिनिधि राईले पूर्वराज्यमन्त्री राईलाई समर्थन गर्ने भएपछि अब सभापतिका आकांक्षी तीन जना बाँकी छन् । पूर्वसभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको पनि समर्थन छ ।

    क्षेत्रीय अधिवेशन सुरु हुँदै
    कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ ।

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो ।

    कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । १४ हिमाली जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

    क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ