• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    तत्काल नेपाल छाडेर भारत जान चेतावनी

    1.5K
    SHARES


    काठमाडौँ । समाजवादी केन्द्र नेपालले पतञ्जली योगपीठलाई तत्काल सबै आयोजना छाडेर भारत जान चेतावनी दिएको छ ।

    कथित भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलीद्वारा नेपालमा इजाजत नलिइकन आस्था नेपाल र पतञ्जली नेपाल नामक टेलिभिजनको उद्घाटन भएको’ भन्दै सो पार्टीले गैरकानुनी तरिकाले सञ्चालन गर्न लागिएको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरु सहभागी भएकोमा खेद प्रकट गरेको छ ।

    आइतबार विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्ष युवराज सफलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि भई सहभागिता जनाउने प्रधानमन्त्री तथा अन्य सत्तारुढ दलका नेताहरुको व्यवहार खेदजनक रहेको जनाएका हुन् ।

    उनले विज्ञप्तिमा भनेका छन्, ‘भारतमा समेत पतञ्जलीको उत्पादनमा रोक लगाएको अवस्थामा नेपालमा भने पतञ्जलीको उत्पादनलाई प्रश्रय दिन लागिएकाले तत्काल यो कदमको विरुद्ध लाग्न आम नागरिकलाई समाजवादी केन्द्र नेपाल जोडदार माग गर्दछ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलीद्वारा सञ्चालित आयोजनालाई जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको भन्दै सो पार्टीले त्यस्तो नगर्न चेतावनीसमेत दिएको छ ।

    ‘नेपाली सञ्चार क्षेत्रको सुधार र तिनलाई सुविधा दिनुको सट्टा गैरकानुनी रुपमा खोलिएको टेलिभिजनलाई महत्व दिने कदमको समाजवादी केन्द्र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल पतञ्जलीका सम्पूर्ण आयोजना छोडी भारत जान पनि पतञ्जली योगपीठसँग सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न चाहन्छौँ ।’

    त्यस्तै भारतीय योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् ।

    शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु ।’

    उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गरे । नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उनले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती रहेको बताएका छन् ।

    रामदेव बाबाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे । उनले भने, ‘नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति मेरो नमन छ, जसरी मेरो भारतका बल्लव भाई पट्टेलप्रति सदैव श्रद्धा रही आएको छ ।’

    उनले चन्द्रागिरि हिल्सको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा यहाँको प्राकृतिक सुन्दर पक्षको बयान गरे । उनले भने, ‘हिमशृङ्खला देखिने यस डाँडाको स्वच्छ हावा र प्राकृतिक सुन्दर पक्षका कारण योग तथा ध्यान गर्ने यो एक पुण्य भूमि हो भन्ने भलाई लाग्यो, यस्ता अलौकिक स्थान र सम्पदा नेपालमा मात्र छन्, त्यसैले नेपाल एक पुण्य भूमि हो ।’

    उनले भारतीय अध्यात्मिक व्यक्ति एवं पर्यटकलाई नेपाल आउन र यहाँ आएका बेला चन्द्रागिरि नछुटाउन आग्रह पनि गरे । प्रशस्त हिमालय पर्वत रहेको तथा धार्मिक एवं पवित्र भूमि नेपाल योग तथा ध्यानका लागि संसारकै एक उत्कृष्ट धर्ती भएको उनले बताए ।

    बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । त्यस प्रशिक्षणमा उनका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी थिए ।

    त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जीप लाइनमा पनि सयर गरेका थिए ।

    रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए । योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ