• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    घट्यो सुनको मूल्य

    544
    SHARES


    काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ ।

    साताको पहिलो कारोबार दिन हिजो प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । जसअनुसार सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो । तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

    यस्तै नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ