• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दाङ र सप्तरीमा छुट्टाछुट्टै दुर्घटना, १ जनाको मृत्यु, २९ घाइते

    210
    SHARES


    Print

    सप्तरी । जिल्लाको बोदेबरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    गए राति भएको दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स६प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । यता यात्रुबहाक बस दुर्घटना हुँदा दाङमा २९ जना घाइते भएका छन् ।

    वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ आउँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् ।

    आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

    घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ