• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    लगातारको वर्षापछि भिषण बाढी- १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

    134
    SHARES


    एजेन्सी । आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् ।

    लगातारको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्धार कार्य जारी छ ।

    बाढीका कारण तिरुपति सहरमा हजारौँ तीर्थयात्री फसेका छन् । तिरूपती पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयौँ तीर्थयात्री अलपत्र परेका छन् ।

    सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।

    बिहीबारदेखि परेको वर्षाका कारण चेयुरु नदी बहाव बढेको छ । बाढी प्रभावितको उद्धारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ८८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४४ लाख ९५ हजार ५०६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ७८९ जना निको भएका छन् ।

    यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ३२ हजार ५०३ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा के कति संक्रमितको मृत्यु भयो वा भएन भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ