• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized राजनीति विशेष

    विप्लवले एकाएक किन स्थगित गरे मंसिर ८ गते काठमाडौँमा गर्ने भनिएको जनसभा ? यस्तो छ कारण

    855
    SHARES


    काठमाडौँ । मंसिर ८ गते काठमाडौँमा पार्टी स्थापना दिवशको सन्दर्भमा विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको जनसभा स्थगित गरेको छ ।

    नेकपा केन्द्रीय कार्यालयले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार काठमाडौँको सभा स्थगित गरेर महासचिव विप्लव म्याग्दीको बेनी जाने भएका छन् ।

    केन्द्रीय कार्यालयले सञ्चारकेन्द्रलाई बताए अनुसार नेकपाले केन्द्रीकृत जनसभा स्थगित गरेर जिल्ला-जिल्लामा पार्टी स्थापना दिवश मनाइने निर्णय गरिएको छ । नेकपाको ११औं केन्द्रीय समिति बैठकले मंसिर ८ मा एकलाख जनताको सहभागीतामा भब्य सभा गर्ने निर्णय गरेको थियो ।

    हाल सभाको सम्पूर्ण तयारी पुरा भइसकेको अवस्थामा पार्टीले फागुनमा महाधिवेशन गर्ने निर्णय गरे अनुसार महाधिबेशन उद्घाटनसभामा भव्य जनसहभागिता जनाउने गरी अहिलेको सभा स्थगित गरिएको छ ।

    मंसिर ८ गतेको सभा स्थगित गरेर महासचिव विप्लव पार्टीको जनवर्गीय संगठन मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि म्याग्दीको सदरमुकाम बेनी जाने छन् ।

    मगर मुक्ति मोर्चा नेपालको मिति २०७८ मंसिर १ गते नवलपुरमा सम्पन्न तेस्रो पुर्ण वैठकको निणर्य अनुसार पार्टी पुनस्थापना दिवशको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले जानकारी दिएकाछन ।

    मंसिर ८ गते बिहान ११ बजे देखि बिभिन्न झाँकी र जुलुस सहित बेनी बजार परिक्रमा गरि खुल्ला मञ्चमा उद्घाटन गरिने, ९ र १० गते बन्द सत्र जिल्ला समन्वयको सभाहलमा सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।

    सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी हुने श्रीसले बताउनुभयो । कार्यक्रममा सामना परिवारको बिशेष सांस्कृतिक प्रस्तुती पनि रहने आयोजक समितिले जनाएको छ ।

    नेकपाले काठमाडौँको सभा स्थगित गरे पनि देशभर सबै जिल्लाहरुमा बिकेन्द्रित कार्यक्रमहरु गरि पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । जस अनुसार मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली, मङ्सिर ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप (कविता, लोकगीत, वक्तृत्वकला इत्यादि), मङ्सिर ८ गते बिहान झन्डा, ब्यानर टाँग्ने, अबिर जात्रा गर्ने, चियापान र युवामार्च गर्ने । ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्ने र उपहार आदानप्रदान गर्ने कार्यक्रमहरु तय भएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ