• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    महाधिवशनको मुखैमा एमालेका चर्चित नेताले दिए राजीनामा, तनावमा ओली

    1.7K
    SHARES


    काठमाडौँ । नेकपा एमालेका एक चर्चित नेताले पार्टीबाट राजीनामा दिएका छन् । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनमा धाधली भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

    नेकपा एमाले रुपन्देहीका चर्चित नेताले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

    उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् ।

    उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् । यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप समेत लगाएका छन् ।

    उनले जिल्ला पार्टीका अध्यक्षबाट आफूलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलन जानकारी दिए ।

    एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको मुखमा उनको राजीनामा आएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

    एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छः ओली

    अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाले आज आयोजित नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताए ।

    ‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ’, उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए ।

    ‘सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्’, उनले भने, ‘तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।’ सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया