• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    गायिकाले प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिइन, त्यसपछि जे भयो…….

    422
    SHARES


    काठमाडौँ । अमेरिकाकी एक चर्चित गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि जे गरिन् त्यसले बबाल निम्तिएको छ । गायिकाको चौतर्फी आलोचना भइरहेको छ ।

    अब गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्ताले आफ्नो प्रस्तुतीका बेला एक प्रशंसकको अनुहारमा पिसाब गरिदिइन् । यसको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।

    स्टेजमा प्रशंसकलाई बोलाइन् र त्यसपछि…

    न्युयोर्क पोस्टको एक रिपोर्ट अनुसार गायिका सोफिया उरिस्ताले केही दिन अघि लाइभ कन्सर्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसकलाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब गरिन् ।

    सोसल मिडियामा यसको भिडियो भाइरल हुने बित्तिकै मानिसहरु भड्किए र माफी माग गर्न थाले । त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि माफी मागेकी छिन् ।

    इन्स्टाग्राम पोस्टमा जताए खेदः

    सोफिया उरिस्ताले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैलाई दुःख पु¥याउने नभएको बताइन् । उनले भनिन्, ‘म सधैं स्टेजमा आफ्नो सीमामा नै बसिरहेकी हुन्छ ।

    म कुनै चकित पारिदिने व्यवहारमार्फत् नभई आफ्नो सङ्गीतमार्फत् मानिसहरुको ध्यान आकर्षित गर्न चाहन्छु । जे जति भयो, म यसका लागि माफी चाहन्छु ।’

    कतै यो पब्लिसिटी स्टन्ट त होइन ?

    यो पूरा मामिलामा गायिकाको ब्यान्ड ‘ब्रास अगेन्स्ट’ ले पनि माफी मागेको छ । ब्यान्डले आफ्नो एक बयानमा सोफिया असाध्यै धेरै उत्साहित भएको र यसबारे आफूहरुलाई थोरै पनि आशा नभएको बतायो ।

    ब्यान्डले भनेको छ, ‘हामी बचन दिन चाहन्छौं कि तपाईंहरुले हाम्रो कार्यक्रममा यस्तो अब उप्रान्त हेर्नु पर्नेछैन । यो पुरा घटना अप्रत्याशित थियो । ’ यद्यपि, माफी मागेपछि यो घटना पुनः चर्चामा छाएको छ । अब मानिसहरु यसलाई पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ