• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अदालतभित्रै पसेर प्रहरीले न्यायाधीश कुटे, वकिल र कर्मचारीलाई पनि छोडेनन्

    433
    SHARES


    काठमाडौँ । विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन्। मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई कुटेका हुन्।बिहीबार दिउँसो दुई जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए।

    आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए। सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए। पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ।

    अदालतमा भएको घटनाबाट उनी बिक्षिप्त भएको बताइएको छ। प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरुलाई पनि कुटेका थिए। अ

    दालतले सो घटनालाई अप्रत्यासित भन्दै त्यसबारे छानविन गर्न सरकारसँग माग गरेको छ । आक्रमणपछि प्रहरी अधिकारीहरु मुछिएको भनिएको मुद्दाको सुनुवाई स्थगित भएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ