• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    विप्लव र प्रचण्डबीच गोप्य भेटघाट, के-के बिषयमा भयो छलफल ?

    649
    SHARES


    काठमाडौँ । पछिल्लो राजनीतिक चौतारीमा प्रचण्ड र विप्लव नेतृत्वका पार्टीहरुबीच एकता हुने चर्चा चलिरहेका बेला नेकपा महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा गोप्य छलफल भएको समाचार प्रप्ता भएको छ ।

    प्रचण्डले सबै माओवादीहरुबीच एकता हुन सक्ने बताईरहेका हुन्छन भने विप्लवले सार्वजनिक मंचमै प्रचण्डसँग तत्काल एकता हुननसक्ने अभिव्यक्ति दिइरहेका हुन्छन्। यसैबीच भएको छलफललाई महत्वका साथ हेरिएको छ ।

    विप्लव र प्रचन्डबिचको छलफलमा मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिनेबारे दुइ पार्टीले सहकार्य गरेर अगाडि जाने संकेत देखिएको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ ।

    यस्तै नेकपा निकट स्रोतले भने विप्लव र प्रचण्डको छलफलमा नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा समान धारणा बनाउने लक्षसहित छलफल भएको बताएको छ ।

    छलफलमा नेकपाका तर्फबाट विप्लवले विषयवस्तु राखेको र त्यसमाथि माओवादी केन्द्रका तर्फबाट सहभागी अध्यक्ष प्रचण्ड र प्रवक्ता कृष्णबहादुर महराले आफ्ना धारणा राखेको बताइएको छ ।

    माओवादी केन्द्र निकट स्रोतले माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको र यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएको दाबी गरेको छ । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएको स्रोतको दाबी छ।

    स्रोतको दाबी अनुसार तत्काल केही राजनीतिक मुद्दामा सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी विप्लव प्रचण्डबीच भएको जनाइएको छ। तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनले वैद्यबाट पनि अलग भएर २०७१ साल मंसिर ८ गते आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए ।

    विप्लवले छुट्टै पार्टी बनाएपछि एनसेलमाथिको कारबाही लगायतका घटनाक्रमपछि केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    करिब २ वर्षपछि ओलीकै सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेर नेकपाले शान्तिपूर्ण राजनीतिमा फर्किएको घोषणा गरेको थियो भने सरकारले प्रतिबन्धित पार्टीका नेता कार्यकर्तामाथिका झुट्टा मुद्दा फिर्ता गर्ने र जेलमा रहेका बन्दीलाई रिहा गर्ने सहमति भएको थियो । तर सरकारले उक्त बुँदा हालसम्म पनि कार्यन्वयन गरेको छैन । विप्लवले भने उक्त सहमति कार्यान्वयन गराउन देशका प्राय सबै पार्टीका शिर्ष नेताहरुलाई भेट्ने र छलफल गर्ने क्रम तिब्र पारेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ