• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    माधव नेपालको पार्टीबाट थप २ जना मन्त्री बन्दै, कुन-कुन मन्त्रालय दिइयो ?

    861
    SHARES


    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका थप २ जना मन्त्री बन्ने भएका छन् । यो प्रदेश २ को खबर हो । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस सरकारमा सहभागी हुने भएपछि दुई मन्त्रीको नाम सिफारिस गरेको छ ।

    पार्टीका संसदीय दलका नेता शत्रुद्यन महतो र सांसद प्रमोद यादवलाई सरकारमा सहभागी गराइने पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले जानकारी दिए ।

    प्रदेश सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी (जसपा) ले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन केही दिनअघि आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका थिए ।

    एकीकृत समाजवादीलाई यो मन्त्रालायसहित कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिने तयारी छ । तत्कालिन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीलाई हटाएपछि जसपाले प्रदेशका ६ मन्त्रालय टुक्रयाएर १० मन्त्रालय बनाएको थियो ।

    जसमध्ये कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय र बाणिज्य आपूर्ती तथा विज्ञान प्रविधि मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफ्नै जिम्मामा राखेका थिए ।

    यो मन्त्रालय एकीकृत समाजवादीलाई दिने भनिएपनि नेकपा एसका नेताहरुले लिन मानेका थिएनन् । यी दुवै मन्त्रालयमा बजेट नरहेकाले अर्को मन्त्रालय दिन यो पार्टीले भन्दै आएको थियो । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनकै लागि जसपाले आफ्नै मन्त्रीलाई पदमुक्त गरेको हो ।

    पछिल्लो पटक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय लिएर सरकारमा सहभागी हुन तयार भएको छ । पार्टीका प्रदेश इन्चार्ज साहका अनुसार दुवै मन्त्रीको शपथ ग्रहण आइतबार दिउँसो २ बजेका लागि राखिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया