• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रदेश प्रतिनिधिमा खुल्लातर्फ बिद्यार्थी नेता नवीन केडि

    270
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसका विद्यार्थी नेता नवीन केडीले आसन्न प्रदेश क्षेत्रीय अधिवेशनमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन। उनी मोरङ क्षेत्र नम्बर ‘३’ प्रदेश ‘क’ प्रदेश प्रतिनिधिमा खुल्लातर्फका उमेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन।

    विगत १० वर्षदेखि पार्टीको विद्यार्थी राजनीतिमा सक्रिय उनी नेविसंघ रत्नराज्य क्याम्पस,काठमाडौंका उपसभापति समेत हुन निर्भीक, निडर, प्रगतिशील छबिका कारण उनी विद्यार्थीहरुमाझ लोकप्रिय मानिन्छन।

    आर.आर.क्याम्पसमा शैक्षिक गुणस्तर बढाउन,विद्यार्थीका हकहित र साझा मुद्दाहरुमा लड्न विभिन्न समयमा उनले समन्वयकारी तथा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन।

    अर्थशास्त्र, वित्तीयशास्त्रमा दोहोरो स्नातकोत्तर सकिसकेका उनी अहिले समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेका केडी अध्ययनसङै अध्यापन पनि गर्छन । अध्ययनशील केडीले अर्थशास्त्र र वित्तीयशास्त्रको अध्यापनलाई थाती राख्दै राजनीतिमा अझै सक्रिय हुने अठोट गरे।

    आफुले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई क्रमशः व्यवहारमा उतार्न राजनीतिको आगन उपयुक्त हुने केडीको ठम्याई छ। ‘अर्थ–राजनीतिको प्रगतिशील व्यवस्थापन नै आजको प्रमुख आवश्यकता हो, राजनीतिक यात्रा सफल हुँदै नेतृत्व तहमा पुग्दै गर्दा यो नै मेरो मुख्य चासो र कार्यक्षेत्रको विषय हुने केडीको अठोट छ ।

    राष्ट्रियता, प्रजातन्त्र तथा समाजवाजको स्थापनाका लागि विपीले गरेको योगदानको स्मरण गर्दै उनले भने,” म विपीको नारा बोकेर चुनावी मैदानमा उत्रिएको छु, विपीका विचार जिताउनु नै मेरो जीत हुनेछ।”

    उसो त चुनावमा समान विचारधारा राख्नेहरु बीच पनि प्रतिस्पर्धा हुने गर्दछ तर त्यो उमेदवारले ती विचारधारा या सिद्धान्तलाई कति न्याय गर्दछ त्यो उसमा भर पर्दछ ।

    केडी भने यसपाली विद्यार्थी राजनीतिमा उनले विद्यार्थी राजनीति हासिल गरेको सिकाई, अनुभव तथा सिर्जनसिलतालाई अबको राजनीतिक यात्रामा कुशलतापुर्वक प्रयोग गर्दै जाने बताउँछन।

    कांग्रेसका प्रभावशाली नेता शेखर कोईराला निकट उनको चुनावी समुहलाई गंगा याखाले नेतृत्व गरेका छन। बाबुराम दाहाल र त्रीभुनाथ फुयाल ‘ सन्तोष ‘ उपसभापति पदको लागि सोही प्यानलबाट चुनावी दौडमा छन। अधिवेशन यही मङ्सिर ३ मा हुदैछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ