• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    पाकिस्तानको नयाँ कानून- बला’त्कार गरे आजीवन शारीरिक सम्पर्क गर्न नसक्ने बनाइने

    432
    SHARES


    काठमाडौं । पाकिस्तान सरकारले ब’ला’त्कार गरेको पुष्टि भएको अवस्थामा नपु’ङ्स’क बनाउन सकिने कानुन पारित गरेको छ । पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो ।

    विद्येयकमा लामो समयसमम्म ब’ला’त्का’र गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौ’न सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएकाे छ । त्यसपछि उसले मेडिकललाइ सिफारिस गर्नेछ ।

    जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ । उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (न’पुंस’कीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ ।

    यसबाट एक व्यक्तिलाई आजीवन यौ’न सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’

    पाकिस्तानमा बला’त्का’रको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो क’ट्ट’रपन्थी इस्लामिक समूहले भने ब’ला’त्का’रीलाई दिइने यो सजायको प्रवाधानको बिरोध जनाएको छ । इस्लामिक कानूनमा कसैलाई नपुङ्सक पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको विरोध गरेको जनाएको छ ।

    पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक ब’ला’त्का’र भएको घटनापछि दोसीमाथि कडा कारवाही गनरिनुपने आवाज उठेको थियो । यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै ब’ला’त्का’रीलाई नपुङ्सक बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ