• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    जब मध्यराती प्रचण्डको विस्तरामा पुगे रामदेव, त्यसपछि जे भयो……

    1.3K
    SHARES


    काठमाडौँ । मध्यराती योग गुरु रामदेव प्रचण्ड निवास पुगेका छन् । बिहीबार अपराह्न काठमाडौं आइपुगेका भारतीय योग गुरू स्वामी बाबा रामदेव राती नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका हुन् ।

    उनी सहकर्मी आचार्य बालकृष्णका साथमा बिहीबार बेलुका प्रचण्ड निवास खुमलटार पुगेका हुन्। रामदेवले खुमलटारमा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीतासहित प्रचण्डका परिवारसँग भेट गरेका छन्।

    रामदेव र आचार्य बालकृष्णले बिरामी रहेकी प्रचण्डपत्नी सीतालाई स्वास्थ्यलाभको कामना गरेका छन्। रामदेव र बालकृष्ण आचार्य खुमलटार पुगेर सीतालाई स्वास्थ्यलाभ दिएको तस्बिर प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा राखेकी छिन्।

    ‘नेपाल भ्रमणमा रहनु भएका योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले अहिले खुमलटारमा अध्यक्ष कमरेड प्रचण्डसङग भेट गर्नु भएको छ ।’ माओवादी नेता रमेश मल्लले पनि फेसबुकमा लेखका छन् ।

    ‘उहाँ दुबैजनाले आमा सीता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै स्वास्थलाभको कामना गर्नु भएको छ ।’ उनले अगाडि लेखेका छन् । सिताको स्वास्थ्य अवस्था बुझ्नका लागि रामदेव प्रचण्ड निवास पुगेको बुझिएको छ ।

    त्यस्तै प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्ने भएका छन् । गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उनी शनिबार रौतहट जान लागेका हुन् ।

    यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए ।

    ‘कटहरिया बजारको पाँच बिघा क्षेत्रफलमा विशाल आमसभा गर्ने तयारीमा लागेका छौं,’ पटेलले भने, ‘प्रचण्डको विशेष सम्बोधनका साथै विभिन्न पार्टी परित्याग गरी आउनेलाई पार्टी प्रवेश कार्यक्रम पनि आयोजना हुनेछ ।’ तर, माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानिय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

    पूर्वमाओवादी सांसद साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रवाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुनेछ ।

    साहको निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेका मौलापुर र कटहरियाका मेयर भने पार्टी नै परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । सोही स्थानमा माओवादीले प्रचण्डलाई विशेष अतिथिका रुपमा बोलाएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया