• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    आज यी पाँच प्रदेशमा पर्दैछ पानी, मौसम्सम्बन्धि ताजा अपडेट हेर्नुहोस

    417
    SHARES


    काठमाडौँ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ ।

    जस कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आङ्कलन गरेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । शनिवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    उता रोल्पामा बिहीबार बेलुकी बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको बस माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङ सडकबाट बेलुकी करिब ६ बजेतिर खसेको हो ।

    प्रहरीका अनुसार घोराहीबाट बिहान हिँडेको ना ३ ख ५५१८ नम्बरको बस बेलुकी ५ बजेर ४० मिनेट जाँदा तार्केबाङस्थित सहिद मार्गबाट करिब १ सय फिट तल माडीखोलामा खसेको हो ।

    दुर्घटनापछि बसमा सवारमध्ये ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ पुरुष र १ महिला छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

    दुर्घटना लगत्तै प्रहरीसहित स्थानीयहरु उद्धारका लागि जुटे पनि अँध्यारो भएकाले उद्धारमा ढिलाई भएको थियो । बसका १७ जना यात्रु घाइते छन् । गम्भीर ३ जनालाई जिल्ला अस्पताल रोल्पामा ल्याइएको छ भने अन्यलाई घर्तीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

    घर्तीगाउँस्थित प्रहरी चेक पोस्टको रेकर्ड अनुसार उक्त समयमा १० जना मात्रै यात्रु रहेको र आधा घण्टाको दुरीमा दुर्घटना भएकाले थप यात्रुसमेत भएको अनुमानमा प्रहरीले जेसीभीको मद्दतमा उद्धार थालेको हो । बस दुर्घटना हुनुको कारण भने पत्ता लागेको छैन । प्रहरीका अनुसार चालकको अवस्था समेत पत्ता लागेको छैन ।

    थप उद्धारका लागि सदरमुकामबाट प्रहरी र दुई वटा एम्बुलेसन्स पठाइएको छ । अघिल्लो साता घर्तीगाउँ नजिकै जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ