• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अदालतभित्र प्रधानन्यायाधीशले ह’तियार भित्र्याए

    853
    SHARES


    काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र लाठी हान्ने र ह’तियार भित्र्याउने काम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासनले गरेको बताएका छन् ।

    बिहीबार दिउँसो सर्वोच्च परिसरमा प्रहरीको कु’टा’इबाट घाइते भएका श्रेष्ठ उपचारपछि फर्किएर आकस्मिक पत्रकार सम्मेलनमार्फत प्रधानन्यायाधीशको आलोचना गरेका हुन् । उनले व्यक्ति मरे पनि केही नहुने तर न्याय मर्न नहुने उल्लेख गरे ।

    ‘म मरें भने केही हुँदैन । दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन । अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो ।

    यसको जवाफ प्रधानन्यायाधीशले दिनुपर्छ । हाम्रो देशको विश्वमा बेइज्जत हुन्छ । अदालतभित्र पुलिस रोक्नुपर्छ । ५ बजे हामीलाई पापडको बैठकमा बोलाइएको छ । सहभागी भएर हाम्रा कुरा राख्छौं,’ श्रेष्ठले भने ।

    उनले प्रधानन्यायाधीश जबरा न्यायमा बाधक रहेको विषयमा न्यायाधीशहरूको विमति नरहेको बताए । ‘सेवाग्राहीलाई सेवा दिन प्रधानन्यायाधीश पावर घटाउने, न्याय सम्पादनको अधिकार कटौती गर्ने, गोलाप्रथामा सहभागी नगराउने, बेन्च सेयरिङ नगर्ने कुरामा सबै न्यायाधीश एकमत छन् ।

    न्यायाधीशहरूले गोलाप्रथाबाट जाने भन्नुभएको छ । बिलौलिया रोक्ने हाम्रो बारको पहिलो माग हो, गोलाप्रथा । किनभने प्रधानन्यायाधीशले जथाभावी सेटिङमा बेन्च गर्ने गरेका थिए । विगतमा राजाको अधिकार कटौती गरेको, त्यसपछि राजा हटाइयो ।

    त्यसैगरी गोलप्रथाले प्रधानन्यायाधीशको अधिकार कटौती गर्यो, अब हट्छन् । न्यायाधीशहरू आफ्नो हिसाबले सुधारमा अघि बढेका छन्, हामी आफ्नो हिसाबले अघि बढ्छौं । राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ,’ श्रेष्ठले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया