• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    थप २९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

    1K
    SHARES


    काठमाडौं । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २६० रहेको छ भने कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ भने ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल ७ हजार १६९ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २२ जना कोरोना संक्रमित थपिएका छन् ।

    कुन जिल्लामा कति संक्रमित ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा 90, ललितपुरमा २५, झापामा २१, मोरङमा १५, रुपन्देहीमा १३, चितवनमा १२ र कास्कीमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया