• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अरब सागरमा बनेको निम्‍न चापीय क्षेत्रका कारण नेपालमा असर

    804
    SHARES


    काठमाडौँ । बिहीबार काठमाडौं उपत्यका लगायत देशभरकै भू-भागमा आंशिक देखि सामान्य बदली भइरहेको छ ।

    अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएका कारण देशभर नै बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशभर नै बदली भएपनि बिहीबार यस प्रणालीका कारण पानी पार्ने सम्भावना कम छ । पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार शुक्रबार रातिदेखि भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिएको छ ।

    यो प्रणाली शनिबारसम्म पनि रहने बताइएको छ । यसका कारण उपत्यका लगायत देशभर नै चिसो बढ्ने हुँदा चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन आग्रह महाशाखाले गरेको छ ।

    पानी नपरेपनि उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिएको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । मौसम बद्ली चारदिनसम्म रहने सम्भावना रहेको उनले बताइन् ।

    दिउँसो राम्रोसँग घाम नलाग्ने र चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । अधिकतम् तापक्रम २ देखि ३ डिग्रीसम्म घट्ने महाशाखाले जनाएको छ । तराई क्षेत्रमा पनि तापक्रम घट्ने भएकाले धेरै गर्मी नहुने र, चिसो बढ्ने महाशाखाले जनाएको छ ।

    ”हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। यो प्रणालीबाट वर्षा गराउने सम्भावना खासै छैन ।” महाशाखाले भनेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया