• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंमा घट्यो यस्तो अनौठो घटना, स्थानीय त्रसित, भिडियोसहित

    824
    SHARES


    काठमाडौं । बुधबार काठमाडौंको कागेश्वरी मनोहरामा एउटा अचम्मको घटना घट्यो । त्यहाँ स्थानीयले पानीको बोरिङ खन्ने क्रममा अचानक ग्यास निस्किएपछि सबै चकित बने ।

    कागेश्वरी मनोहरा-९ को सुन्दर चोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।

    बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्। सुरूको ४ घण्टा तीव्र गतिमा सुख्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ।

    ग्याससँग निस्किएको हिलो र ढुंगा आसपासका घरमा पुगेपछि स्थानीय त्रसित बनेका छन्। यसबारे सुरक्षाकर्मीलाई तत्काल खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म पहल नभएको स्थानीयले बताएका छन्।

    भू-गर्भ विभागबाट प्रतिनिधिहरू आए पनि कुनै प्रतिक्रिया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ।

    बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करिब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझ निस्किन थालेको हिलो र ढुंगा नजिकका घरमा झरेर फोहोर पारेको छ। हेर्नुहोस सेतोपाटीबाट साभार भिडियो

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया