• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    बालिका र बाँदरबीच फोन खोसाखोस, भाइरल भिडियोसहित

    613
    SHARES


    काठमाडौँ । आजकल सामाजिक सञ्जालमा जनावरहरुको भिडियो भाइरल भइरहन्छ । पछिल्ला दिन एक बाँदर र एक सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ । जहाँ, दुबैले एक अर्कासँग मोबाइल खोसाखोस गरेका छन् ।

    यस भिडियोमा खुला इलाकामा एउटा खाटमा बसेकी सानी बालिका देखिएकी छिन् र एउटा बाँदर त्यसको नजिकै भएर उसँग फोन छिनिरहेको देखिन्छ । बेचैन बाँदरले फोनलाई केही समयका लागि हेरेको छ । र, बालिकाले उक्त फोन फिर्ता लिएकी छिन् ।

    भिडियो खतम हुनभन्दा पहिले बाँदरले ती बालिकासँग फोन फेरि खोसेको छ र फोनलाई अंकमाल गरेको छ । सोशल मिडियामा यो भिडियोलाई १ लाख ४० हजारभन्दा धेरै लाइक्स मिलेको छ ।

    यो फन्नी भिडियो खुब भाइरल भइरहेको छ । भिडियो हेरेपछि मानिसहरु हाँसिरहेका छन् । ‘यो मेरो फोन हो । यसलाई फिर्ता दिनुस्,’ एक प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘फोन बच्चाको होइन ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया