• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर समाचार

    नेपाल बन्दको दिन यस्तो देखियो राजधानी काठमाडौँ, हेर्नुहोस १५ तस्विरमा

    देशभरबाट कयौँ नेता-कार्यकर्ता गिरफ्तार

    1.5K
    SHARES


    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपाले आज मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि देशभरको जनजीवन ठप्प बनेको छ ।

    बन्दको प्रभाव काठमाडौँमा पनि परेको छ । राजधानी काठमाडौँमा विहान संचालन हुने शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् भने कलकारखाना पनि ठप्प छन् । सार्वजनिक यातायात बन्द छ भने बजार पनि खुलेको छैन् ।

    बन्द सफल पार्नका लागि आज बिहानै नेकपाका कार्यकर्ताहरूले राजधानी काठमाडौँ उपत्यकासहित राजमार्गका मुख्य-मुख्य भागदेखि सहरका चोकचोकमा टायर बाल्ने तथा विरोध प्रदर्शन गरिरहेका छन् ।  बन्दको दिन काठमाडाै‌ उपत्यकामा प्रहरीको बाक्लो उपस्थिति छ ।

    पछिल्लो समय बढ्दै गइरहेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि तथा महङ्गी विरुद्ध विप्लव नेकपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । संघर्षका कार्यक्रम अन्तर्गत नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा हो। बन्दमा सहयोग गरिदिन नेकपाले सबै पक्षलाई अपिल समेत गरेको छ । हेर्नुहोस काठमाडाैं उपत्यकाको अवस्था १५ तस्विरमा:

     

    प्रतिक्रिया