• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सर्वोच्चद्वारा एकाएक फेरि लकाडाउन गर्न आदेश, के हो कारण ?

    1.3K
    SHARES


    काठमाडौँ । सर्वोच्च अदालतले राजधानीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको हो ।

    केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो। भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ।

    “हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ,” सुझावमा उल्लेख गरिएको छ।

    मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधिशहरुले गरेका छन्। लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख गरेको छ।

    अदालतले अति प्रदुषण भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ।

    चिकित्सकहरुले वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

    छिमेकी प्रान्तमा ऊर्जाका लागि पराल जलाउँदा पनि राष्ट्रिय राजधानी क्षेत्रमा १० प्रतिशतसम्म प्रदूषण बढ्ने गरेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् । ७५ प्रतिशत प्रदूषण उद्योग, धुलो र सवारी साधनबाट निम्तिने गरेको उनीहरू बताउँछन् ।

    दिल्ली सरकारले प्रदूषण नियन्त्रण गर्न लकडाउन निम्ति तयार रहेको जनाएको छ । तर, यो कदम राष्ट्रिय राजधानी क्षेत्रभर लागू हुनुपर्ने जिकिर गरेको छ । भारतको राष्ट्रिय राजधानी क्षेत्रमा दिल्ली, हरियाणा, उत्तर प्रदेश र राजस्थानका जिल्लाहरू समेत समेटिएको छ ।

    यतिखेर भारतको नयाँ दिल्लीमा अमेरिकी मापदण्डअनुसार वायु गुणस्तर सूचक (एक्यूआई) २४१ पुगेको छ । सबैभन्दा प्रदूषित शहर पाकिस्तानको लाहोरमा यस्तो सूचक २८८ रहेको आईक्यूएअर डटकमले जनाएको छ ।

    हावामा शून्यदेखि ५० सम्मको एक्यूआई स्वस्थ, १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थ र २०१ देखि ३०० सम्मको एक्यूआई मात्रा हुँदा वातावरण अति अस्वस्थ हुन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया