• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    माओवादीका शीर्ष नेतामाथि आ’क्र’मण

    1K
    SHARES


    काठमाडौँ । माओवादीका शिर्षमाथि आ’क्रमण भएको छ । एक शीर्ष माओवादी नेतासहित २६ ल’डा’कू प्रहरीको कारवाहीमा मा’रि’एका छन्। प्रहरीले थापेको ए’म्बुसमा माओवादीहरु परेको सीएनएनले जनाएको छ।

    आइतबार सरकारी अधिकारीले दिएको जानकारी अनुसार शनिबार माओवादी ल’डा’कूहरु मा’रिएका हुन्। नक्साल भनेर चिनिने भूमिगत माओवादी लडाकूले सो क्षेत्रमा आतंकवादलाई प्रश्रय दिँदै आएका थिए।

    माओवादीको आ’क्र’म’णमा धेरै सेना तथा प्रहरी महाराष्ट्रमा म’रिसकेका छन्। प्रहरीले पनि माओवादी शैली अपनाएर ए’म्बुस थाप्दा माओवादी ल’डा’कूहरुको मृ’त्यु भएको बताइएको छ।

    माओवादी लडाकूले आफूहरुले गरिब तथा उत्पिडितको अधिकारको लागि सरकारसँग लडिरहेको बताउने गरेका छन्। तर माओवादीका कारण सर्वसाधारण आजित भएको बताइन्छ।

    महाराष्ट्रका गृहमन्त्री दिलिप भाल्से पाटिल भन्छन्,‘२६ नक्साल जमसम्ये ६ महिला पनि मारिएका छन्। उनीहरु गादचिरोली जिल्लामा मारिएका हुन्।’

    त्यस्तै उता इक्वेडरको एक जेलभित्र हा’ना’हान हुँदा कम्तीमा ६८ जना बन्दीको मृ’त्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्या’ङका सदस्यहरूबीच हा’नाहान हुँदा एक सयभन्दा धेरै बन्दी मा’रि’एका थिए ।

    गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र वि’स्फोटक पदार्थहरू भेटिएको जनाएको छ ।

    इक्वेडरमा यस वर्ष धेरै जे’ल’हरुमा भि’ड’न्त भइसकेको छ । त्यसक्रममा झन्डै ३ सय बन्दीहरू मा’रि’एका छन् । गत सेप्टम्बरमा भएको ह’म’ला अहिलेसम्मकै सबैभन्दा खराब थियो ।

    यतिबेला एक ग्या’ङ’का सदस्यले अर्को ग्या’ङका सदस्यमाथि ह’मला सुरु भएपछि अवस्था नियन्त्रणमा लिनका लागि जे’लभित्र सयौँ प्रहरी अधिकारीहरू खटाउनुपरेको थियो ।

    यस्तै सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ । यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ । सोमालियामा रहेको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे जानकारी दिएको छ ।

    मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा यहाँको खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ ।

    समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ ।

    साथै सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ । खडेरीका कारण नागरिक प्रभावित भएका हुन् ।

    यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन । त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

    सोमालियाको सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो ।

    सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरूलाई आग्रह पनि गरेको छ । सो निकायले आवश्यक सहयोग गर्न नसक्ने हो भने यहाँको अवस्था गम्भीर हुने बताएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ