• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    अष्ट्रेलियाको प्रतिष्ठित संस्था आइसानाको सचिबमा पहिलो पटक नेपाली, गोरखाका बञ्जारा चयन

    1K
    SHARES


    काठमाडाै‌ । अष्ट्रेलियास्थित अन्तराष्ट्रिय शिक्षा क्षेत्र र अन्तराष्ट्रिय बिद्यार्थीहरूको बृहत्तर हितमा काम गर्ने संस्था आईसानाको सचिवमा गोरखाका शिब बञ्जारा चयन भएका छन् । लामो समय देखि त्यहाँ बस्दै आएका बञ्जारा उक्त संस्थाको समितिमा चयन हुने पहिलो नेपाली हुन् ।

    न्यू साउथ वेल्स र राजधानी अष्ट्रेलियन क्यापिटल टेरीटोरीको सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटि सिड्नीमा सम्पन्न साधाराण सभाले उनलाई सचिवमा चयन गरेको हो ।

    नेपाली मुलका शिब बन्जारा सचिब पदमा २ बर्षे कार्यकालको लागि निर्बिरोध निर्बाचित भएका हुन् । युनिभर्सल थट कन्सलटका अध्यक्ष बन्जाराले उक्त पदमा रहेर अन्तराष्ट्रियका बिद्यार्थीहरू र शिक्षा क्षेत्रको बृहत्तर हितको लागि महत्वपूर्ण कार्ययोजना तयार गरेर कार्यन्वयनमा आफ्नो भुमिका रहने बताए ।

    उनले भने ‘नेपालीहरुका लागि विषेश प्राथमिकताका साथ सहयोग गर्नेछु ।’ उक्त संस्थाको अध्यक्षमा युरोपियन मुलकी एनेट काल्काजिन्स्का निर्बाचित भएकी छिन् । उनि सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटीमा कार्यरत छिन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया