• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    श्रीमानको गलामा फित्ता बा‌धेर श्रीमतीले घुमाइन्, ट्रोल भएपछि दिइन् यस्तो स्पष्टिकरण, भिडियोसहित

    1.2K
    SHARES


    एजेन्सी । ब्राजिलकी एक महिलाले आफ्ना श्रीमानलाई कुकुरलाई झैं सडकमा घुमाइरहेको देखिइन् । यस्तो गरिरहेको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरु चकित परे । महिलाले आफ्ना श्रीमानको घाँटीमा एउटा चेन लगाएकी थिइन् । यस्तो गर्नुको पछाडि उनले जे कारण दिइन् त्यो निकै रोचक छ ।

    ‘डेली स्टार’ को रिपोर्ट अनुसार महिलाको नाम लुआना कजाकी र उनका श्रीमानको नाम आर्थर ओउर्सो हो । यी दुईलाई ब्राजिलको एक भीडभाडयुक्त रेलवे स्टेशन र सडकमा फोटो खिचाइरहेको देखिए । फोटोमा देखिए अनुसार लुआनाले आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई झैं व्यवहार गरिरहेकी छिन् ।

    आर्थरको घाँटीमा एउटा चेन थियो जसलाई लुआनाले समातिरहेकी थिइन् । उनले आफ्ना श्रीमानलाई चेनको सहारामा घुमाइरहेकी थिइन् । आर्थरको अनुहारमा एउटा मुखौटा थियो । लुआना कजाकीका अनुसार उनीहरुले आफूबीच ‘प्रेम र रोमान्स’ बढाउनका लागि यस्तो गरेका थिए ।

    एक अन्तरवार्तामा लुआनाले भनिन्, ‘मानिसहरुले के सोच्लान् भनेर मलाई यसमा केही फरक पर्दैन । मैले कुनै गैरकानूनी काम गरेकी होइन । हामीले कसैलाई समस्यामा नपारिकन यस्तो काम गरेका हौं । हाम्रो मान्यता यो छ कि यसले हामीबीचको प्रेम र कामेच्छा बढाउँछ ।’

    लुआना आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई बाँध्ने फित्ताजस्तोले बाँधेर घुमाइरहेको देखिए । यो जोडीले फोटोसुट पनि गराए । यतिबेला लुआनाका श्रीमान् कुकुर झैं भुइँमा बसिरहेको देखिए, यसका केही तस्बिर पनि सार्वजनिक भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया