• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    काठमाडौँबाट नेकपाका ३१ जना पक्राउ

    714
    SHARES


    काठमाडौँ । प्रहरीले राजधानी काठमाडौँबाट विप्लव नेकपाका ३१ जनालाई प’क्राउ गरेको छ। दिनप्रतिदिन बढीरहेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको शान्तीपूर्ण आन्दोलनको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै प’क्राउ गरेको हाे ।

    मुल्य बृद्धि तथा महङ्गी विरुद्धको घोषित कार्यक्रमअनुसार आज एक घण्टा चक्काजाम कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रम गर्न लाग्दा काठमाडौँका विभिन्न ठाउँबाट ३१ जनालाई गिर’फ्तार गरेको छ।

    बिहान १० बजेदेखि ११ बजेसम्म पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्धको कार्यक्रम चक्काजाम गर्दा त्रिचन्द्र कलेज अगाडिबाट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र विकसहित २१ जना र लैनचौरबाट पदम केसीसहित ३ जना, बालाजुबाट ७ जना मजदुरहरुलाई आज बिहान गिरफ्तार गरेको छ।

    पछिल्लो समय बढ्दै गइरहेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि तथा महङ्गी विरुद्ध विप्लव नेकपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । संघर्षका कार्यक्रम अन्तर्गत नेपाल कम्युनिष्ट पार्टीले आज देशैभर प्रदशन गरेको छ भने भोलि मसाल जुलुस र पर्सी कार्तिक ३० गते नेपाल बन्दको घोषणा समेत गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ