• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुरक्षाकर्मीलाई धकेल्दै वकिलहरु सर्वोच्चभित्र धर्नामा, समर्थन गर्ने ६ जना पक्राउ

    153
    SHARES


    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै धर्ना दिएका छन्।

    नेपाल बार एसोसिएसनको नेतृत्वमा आइतबार बिहान सर्वोच्च अदालतको गेटभित्र वकिलहरू धर्नामा बसेका हुन्। उनीहरूले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।

    शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए। शुक्रबार वकिलहरू सर्वोच्चको गेटबाहिर बसेका थिए, आज भने उनीहरूले भित्र बसेर राणालाई रोक्न खोजिरहेका छन्।

    बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज प्रधानन्यायाधीश राणा शुक्रबार सर्वोच्च परिसरभित्र छिरेको गेटमा पनि धर्ना दिने बताएका छन्। धर्ना दिनुअघि वकिलहरू नेपाल बारको प्रांगणमा भेला भएका थिए।

    मन्त्रिपरिषदमा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेकोलगायत विवादमा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

    यता प्रधानन्यायाधीशको पक्षमा प्रर्दशन गर्ने ६ जना सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् । नुरप्रसाद अधिकारीसहितलाई प्रहरीले पक्रेको हो ।

    प्रधानन्यायाधीशको विपक्षमा बारले आन्दोलन गरिरहेका बेला उनीहरुले समर्थनमा प्रर्दशन गरेका थिए । तीमध्य अस्ति पक्राउ परेकाहरु हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ