• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    नेपाल बन्द गर्नु पर्नाका कारणबारे यसो भन्छन- नेकपा नेता बास्तोला

    577
    SHARES


    काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले ३० गते नेपाल बन्द गर्नु पर्नाका कारणबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा नेकपा नेता धर्मेन्द्र बास्तोलाले सरकार वैधानिक लुट मच्चाउन उद्दत भएकाले नेपाल बन्द गर्न बाध्य भएको ठोकुवा गरेका छन् ।

    शनिबार काठमाडौंमा आयोजित उक्त पत्रकार सम्मेलनमा बास्तोलाले यस्तो बताएका हुन् । उनले ४७ रुपैयाँमा आयात गरिने पेट्रोल रु १३३ मा बिक्री गरेको बताउँदै विज्ञका अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफासहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी गरेक छन् ।

    उनले दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ भन्ने प्रश्न गर्दै सरकारले गरेको यस्तो वैधानिक लुटविरुद्ध आम जनता एकजुट भएर संघर्षमा उत्रनु पर्ने बताए । नेता बास्तोलाले नेपालबाट २० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थ भारत चुहावट हुने गरेको बताउँदै यस्तो चुहावट रोक्न र नेपाल आयल निगमको मनपरी खर्च र भ्रष्टाचारजन्य कार्य तत्काल रोक्नुपर्ने बताए ।

    उनले अहिलेको व्यवस्था नै भ्रष्ट भएकोले यस्ता तमाम भ्रष्टाचार र अनियमितता भएको उल्लेख गर्दै यी सबै समस्याको समाधानको लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए ।

    नेता बास्तोलाले देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट पार लगाउन जनमतसंग्रह आवश्यक भएको र त्यसको लागि तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

    सरकारले पेट्रोलियम पदर्थमा गरेको मूल्यवृद्धिका बिरुद्ध नेकपाले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । नेकपाले बिरोधका साना साना कार्यक्रमका साथै कार्तिक ३० गते नेपाल बन्द समेत आयोजना गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ