• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    डलर डकारेर विप्लवबारे टिप्पणी गर्न तिम्रो औकात पुग्दैन खगेन्द्र बाजे

    12.2K
    SHARES


    खगेन्द्र संग्रौला उर्फ ”गजेडी बाजे” ! जसले नेपालका क्रान्तिकारी नेताहरु र आन्दोलनका बारेमा अत्यन्तै तल्लोस्तरमा गिरेर टिकाटिप्पणी गर्दै आएका छन् । उनले उहिले माओवादी आन्दोलन चलिरहेका बखत बाबुराम भट्टराईलगायतका नेताहरुका बारेमा टिप्पणी गरेर आफु चर्चामा आउन खोजेका थिए । तर त्यसबेला अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन, केहि मुट्ठीभर मान्छेको हातमा मात्र पुग्ने अखबारहरु थिए, त्यहाँ लेखिने आलेखहरुले तिनको त्यति धेरै चर्चा भएन ।

    त्यसपछि उनले जनयुद्ध उत्कर्षमा पुग्नैलाग्दा प्रचण्ड, किरण र बादलहरुबारे भद्दा टिका टिप्पणी गरेर लेख्न सुरु गरे । संग्रौला बाजेलाई रातो रङ्ग मन पर्दैन, उनलाई गरिब, निमुखा र इतिहासका निर्माता मजदुरहरुको जीवनशैली मन पर्दैन । त्यसैले उनले श्रमजीवी जनता र तिनका लिडरहरुलाई भिखारी देख्छन । त्यसैले त उनले एक खिल्ली चुरोटमा एक चिम्टी गाँजा भरेर क्रान्तिकारीहरुका बिरुद्ध आर्टिकल लेख्छन ।

    मैले सुनेकी छु बुर्जुवाहरु बढी विद्वान भए भने बहुलाउछन रे ! हो रहेछ । उनीहरुलाई यो संसारमा आफुभन्दा जान्ने, बुझ्ने, पढ्ने, लेख्ने अरु कोही छैन भन्ने लाग्दो रहेछ । कसैले कुनै नयाँ चिजको आविष्कार गर्यो भने रिसको आगोले उनलाई डढाउने रहेछ, त्यसैले बाजेले चुरोट सल्काएर गाँजाको नसामा चुर्लुम्म डुब्दै परिवर्तनकारी आन्दोलन र त्यसको नेतृत्वकाबिरुद्ध विष वमन गर्न सुरु गर्ने रहेछन ।

    संग्रौला बाजेले आफुलाई दिग्गज दिमाखदार मान्दा हुन् क्यार ! उनले बिहिबार कमल थापा र रबिन्द्र मिश्रसँग दाजेर विप्लवलाई राजनीतिक भिखारीको संज्ञा दिदै एउटा आलेख लेखेका रैछन । कमल थापा कुहिएको राजतन्त्रात्मक राजनीतिको मियो बनेर प्रतिगामीहरुलाई बेला बखत सडकमा बर्बराउने बाटो खोजिरहेका हुन्छन । यसबारे दुनियाँ जानकार छ । रविन्द्र मिश्र काकाले बीबीसीमा समाचार पढ्ने जागिर छोडेपछि पश्चिमाहरुको हरियो नोट झार्ने र त्यसबापत नेपालमा बेरोजगार बुर्जुवा युवाहरुलाई बटुलेर सकेको बितण्डता मच्चाउने अनेक उपाए खोजिरहेका छन् । तिनकाबारे पनि नेपाली नागरिकलाई राम्रै जानकारी छ, मैले यहाँ धेरै बोल्नु नै पर्दैन ।

    खागेद्र बाजेले विप्लवलाई रविन्द्र मिश्र र कमल थापासँग दाज्नु नै सबैभन्दा ठुलो केटाकेटीपन भएन र ? कमल थापाहरुले आफ्ना राजा रजौटा र पुराना पन्चहरुको पक्षमा गर्ने रोइलो, रविन्द्रहरुले बेरोजगार, विदेशिएका युवाहरुको बिद्रोही भावनालाई क्यास गरेर देशमा भएगरेका सिमित परिवर्तनकारी आन्दोलन, त्यसबाट स्थापित नेताहरुका बिरुद्ध भिड जम्मा गरेर गर्ने गालीगलोजको अभियान र विप्लवले सुरु गरेको संसदीय व्यवस्था परिवर्तनको राजनीतिलाई एकै ठाउँमा दाज्नु जत्तिको अपरिपक्क कुरा अरु के हुन सक्छ ? अनि यस्तालाई हामीले बुद्धिजीवी मानिदिनुपर्ने ? विप्लव नेपालको जनयुद्धको भट्टीबाट खारिएर आएका क्रान्तिकारी लिडर हुन् । उनलाई बेलायतीहरुले उत्पादन गरेका मामुली पत्रकारको दाँजोमा हाल्न कसरी मिल्छ ? अनि जसले कमल थापाहरुले बोकेको २४० बर्ष पुरानो सामान्ती राजतन्त्रलाई फालेर देशमा गणतन्त्र स्थापना गर्न ज्यानको बाजी थापेर लड्यो, उसैलाई कमल थापाजस्ता प्रतिगामी र प्रतिक्रियावादीहरुसँग दाज्नु भनेको हास्यास्पद कुतर्क भएन र ?

    जसरी खगेन्द्र बाजेले विप्लवलाई सडकमा भिख माग्न बसेका गरिव र सहारा बिहिनसँग दाजेर टिप्पणी गरेका छन् त्यसबाट उनले सिकेको ज्ञान र लिएको शिक्षा कति अपरिपक्क र दुइ छाक टार्नका लागि हासिल गरिएको फगत तल्लोस्तरको बुर्जुवा घोकाइ मात्र हो भन्ने पुष्टि भएको छ । हिजो ३६/३७ सालतिर काठमाडौँमा उच्च शिक्षा लिइरहेका विप्लवहरुले सामान्ती राजतन्त्रका बिरुद्ध आन्दोलको हुरी सुरु गरेर आफ्नो जीवन जनताका लागि समर्पित गर्ने हिम्मत गरेका थिए । त्यो बेला तिमी कहाँ थियौ बाजे ? त्यो बेला तिमीले विप्लवहरुको समेत नेतृत्व गरेर गणतन्त्र प्राप्तिका लागि लडिएका युद्दमा भाग लिएर जनताको मन-मनमा बसेका भए आज हामीले पनि स्यलूट गर्ने थियौं । अहिले पनि ज्यूँउदै भएका तिमी बाजेले मान्छेलाई सडकमा भिख माग्न बाध्य पार्ने, कथित धनी, गरिवको खाडल खन्ने संसदीय व्यवस्था फाल्ने महान क्रान्तिको मोर्चामा एक थोपा रगत बगाउन आट गरे भैगो नि ?

    व्यवस्था परिवर्तनको आन्दोलनलाई नेतृत्व गर्नु भनेको माइती घरमा कबिता बाचन गर्नु र व्यापारीका महलभित्र सुरक्षित स्टुडियोमा बसेर समाचार पढ्नुजस्तो सजिलो हुदैन भन्ने कुरा पनि बाजेलाई नातिनीले सिकाउनुपर्छ होला र ? “बेसहारा भई प्राण धान्न माग्नेलाई देख्दा मेरो हृदयमा दया वा करुणा जागेर आउछ” भनेर जसरी बाजेले राजनीतिकर्मीलाई तुच्छ खालको टिप्पणी गरेका छन् त्यसले उनको बैचारिक औकात पनि देखाईदिएको छ । कमल थापाहरुले मागेको जनमत संग्रह र विप्लवले उठाएको जनमत संग्रहको भेद छुट्याउन नसके खगेन्द्र बाजेको दृष्टिकोणलाई बौद्धिक देख्ने नेपालका मिडिया देखेर बरु मलाई चाही दया लागेर आएको छ । म त भन्छु यस्ता बैचारिक र राजनीतिक चेतमा दरिद्र मान्छेका आलेखहरुलाई गणतन्त्रको गीत गाउने मिडियाहरुले स्थान नै दिन जरुरी छैन ।

    कमल थापाहरुले मिसिनगन बोकेर अखबारको सम्पादकीय टेबुल कब्जा गर्ने, हेलिकप्टरमा सवार भई जुलुसको जनसागरमाथि बम बर्साउने र सिंगो देशलाई चिहानघाट बनाएर सामान्ती व्यबस्था कायम गर्ने राजा ल्याउन खोजेका छन् भनेर बुझ्ने खगेन्द्र बाजेले राजतन्त्र फालेर देशमा गणतन्त्र ल्याउने महान आन्दोलनमा रगत बगाएर अहिले स्वयम् आफैलाई यसरी क्रान्तिकारीहरुका बिरुद्ध समेत प्रतिक्रान्तिको राप अलाप्ने स्वतन्त्रता विप्लवहरुले नै ल्याईदिएका हुन् भन्ने चाही कसरी भुलेछन् खै ?

    कुनै पनि इतिहासको पुनरावृति हुदैन बरु बिकास हुन्छ । जनयुद्ध र जनताको आन्दोलनले सफाया गरेर चिहानघारीमा फालिएको राजतन्त्र फर्केर आउँन सम्भव छैन भन्ने कुरा बुझेका खागेन्द्र बाजेले विप्लवले अघि सारेको जनमत संग्रहको मुद्दा यहि दलाल संसदीय व्यवस्था ठिक कि जनताको बैज्ञानिक व्यवस्था ठिक ? भनेर मत माग्न अघि सारिएको राजनीतिक एजेन्डा हो भन्ने चाहिँ नबुझेका कि बुझेर पनि बुझ पचाएको ? कि पश्चिमाहरुको डलरले उनको दृष्टिमा रतन्धो लगाईदिएको छ ?

    विप्लवले दश वर्ष जनयुद्धको कठिन यात्रा मात्र गरेनन्, उनले त रुकुम रोल्पा, कर्णाली र सुदुरपश्चिमका बस्ति बस्तीमा क्रान्तिको आगो बालेर आएका छन् । त्यो आगो अझै निभेको छैन, क्रान्तिको आगो निभाएर दलाल संसदीय व्यवस्थाको पुंजीवाद थोपर्न केही थान मान्छेहरु अहिले पनि रातदिन लागेका छन् । ति केही थान मान्छेको दिवा सपनामा बर्बराउन खगेन्द्रबाजेले पनि तमसुक गरेका रैछन क्या हो ? जनयुद्धले राजाको पाउमा दाम चढाएर लालचाको सपना पुरा गर्न खोज्ने कथित कम्युनिष्ट र ठेलागाडा चढेर अमेरिका पुगिदैन भनेर गणतन्त्रको आन्दोलनलाई मजाक गर्ने ओलीहरुलाई समेत सत्ताको सिंहाशनमा बस्ने अवसर तिनै विप्लवहरुले जुटाईदिएका हुन् भन्ने खगेन्द्र बाजेहरुलाई हेक्का छ कि छैन ? अनि तिनै विप्लवले ओलीहरुसँग भिख मागेर आफ्नो क्रान्तिको यात्रा बिसाइदिए भन्ने तर्क कति युक्तिसंगत हुन्छ ?

    हो ! क्रान्ति सिधा र राजमार्गको बाटोबाट सम्भव छैन त्यो कुरा विप्लवीहरु सबैले बुझेकै छन् जस्तो लाग्छ । क्रान्तिमा कहिलेकाहिँ एक स्टेप पछाडी स्सरेर दुइ स्टेप अगाडी बढ्ने रणनीति लागु हुन्छ । वार्तालाई जड बुझ्नेहरुले एक कालखण्डको कार्यनीतिक चरणलाई क्रान्ति समाप्त भएको मनोगत बुझाई बनाएर त्यसलाई जनतामा भ्रम फैलाउन भरपुर कोशिस गर्छन । ओलीसँग वार्ता गर्दैमा विप्लव सकिने हैनन्, सरकारमा त हिजो ओली थिए, अहिले देउवा छन्, जनयुद्ध सुरु हुँदा पनि देउवा नै थिए । विप्लवले ओलीसँग वार्ता गरेका हैनन्, सत्तासँग गरेका हुन् । विप्लवलाई सत्ताले समातेर ल्याएको हैन, राजनीतिक सहमतिमा विप्लव बाहिर आएका हुन् । कसैले विप्लवहरुले तत्काल एकाध चौकी आक्रमण गरिदेउन, एकाध प्रहरीका गाडीमा बम हानिदेउन र दमन गर्न पाइयोस, राष्ट्रिय अन्तरराष्ट्रिय शक्ति गुहारेर आफ्नो लुटको स्वर्ग बचाउन पाइयोस भनेर बरु कल्पना गरेका थिए होलान तर विप्लवले तिनका दिवा सपना तुहाईदिए । विप्लव जनतामा आए र खुला राजनीति मार्फत आफ्ना मुद्धा जनतामा राखे, त्यसैले पश्चिमाहरु र उनका नेपाली एजेण्टहरु बहुलाउनु कुनै अनौठो कुरा हैन ।

    पश्चिमा राष्ट्रहरुले नेपालमा लेखक, पत्रकार कर्मचारी, सेना प्रहरीका अधिकृत, ब्यापारी हुँदै विभिन्न एनजीओ आइएनजीओका साथै राजनीतिक नेता कार्यकर्तासम्मलाई आफ्ना एजेन्ट बनाएका छन् । सुरुमा नेपालमा कम्युनिष्टहरुलाई कत्लेआम गर्न भनेर सैन्य तागत परिचाल्लन गर्ने नीति लिएका ति देशहरुले नेपालको जनयुद्धले अमेरिकी साम्राज्यवादका सेना र तिनको प्रविधिलाई धुलो चटाइदिएपछि पछिल्लो चरणमा उनीहरुले नेपालका सेलिब्रेटी र नाम चलेका केही मानिसहरुलाई आफ्नो देशमा शरण दिएर आफ्ना कोन्ट्रा तयार पार्ने रणनीति लिएको देखिन्छ । त्यसै रणनीति अन्तरगत उनीहरुले कतै टेलिभिजनका कार्यक्रम प्रतोस्ता, कतै रेडियो र अनलाइन मिडियाका सञ्चालक सम्पादक त कतै लेखकका रुपमा नेपालमा आफ्ना कोन्ट्रा तयार पारिरहेका छन् ।

    माओवादी जनयुद्धका बेला एउटा साप्ताहिक पत्रिकाका सञ्चालक, सम्पादकलाई आफ्ना एजेन्ट नियुक्त गरेर नेपालको क्रान्तिकारी आन्दोलनका बिरुद्ध सुराकी गर्न र मिडिया वार सुरु गरेका पश्चिमाहरुले माओवादी शान्ति प्रक्रियामा आएपछि एउटा अनलाइन खोल्न करोडौ रकम खर्च गरेर माओवादी आन्दोलनका बिरुद्ध जेहाद छेड्न सुरु गरेकै थिए । पश्चिमा देशका दुतावासहरुले नेपालका मिडिया र पत्रकारलाइ बजेट बिनियोजन गरेका विवरण यदाकदा आइरहेकै छन् । तर त्यसबारे नेपालका कथित बुद्धिजीवी भन्नेहरुले खासै लेख्ने, बोल्ने हिम्मत गरेका छैनन् । कहिले कनकमणि दीक्षितहरुले माओवादी आन्दोलनको क्रममा भएका पुराना घटनालाई खोतल खाताल गरेर देशमा अस्थिरता फैलाउन खोजिरहेका छन् भने कहिले खगेन्द्र संग्रौलाहरुलाई अगाडी सारेर आफ्ना गतिबिधि बढाईरहेका छन् ।

    नेपालमा बिजयउन्मुख क्रान्तिलाई बिचैमा छोडेर संसदीय भासमा फसेका बाबुराम प्रचण्ड कमरेडहरुको गल्तीका कारण आज त्यस्ता डलरेहरुलाई खेल्ने मैदान बनाउन सजिलो भएको छ । अहिले परिवर्तनकारी शक्तिहरुका अगडी एकातिर पुरातनवादी सामान्ती राजाका अनुयायीहरुको प्रतिगमनकारी प्रतिक्रान्तिलाई रोक्नुपर्ने चुनौती छ भने अर्कोतिर पश्चिमाहरुको डलर खाने कथित लेखक बुद्धिजीवी र पत्रकार भनिनेहरुको प्रचारयुद्दलाई समयमै बुझेर परास्त गर्नुपर्ने छ ।

    हो, विप्लवहरुबारे पनि पक्कै प्रश्नहरु नउठेका भने हैनन, उठेका छन् । केही मान्छेहरुले बुझेर पनि प्रश्न उठाएका छन्, केही प्रश्न नबुझेर पनि उठेका छन् । तिनको जवाफ विप्लवीहरुले दिनु नै पर्छ । विप्लवहरु सकिए भने आफ्नै कारणले सकिने हुन्, अरु कसैको चाहनाले हैन । विप्लवहरुले क्रान्तिकारी धरातल छोडे भने, आफ्नो बिरासत भुले भने, पैसाका पछि लागे भने, आफन्त र नातागोताको भाग मात्र हेरेर आम नेता-कार्यकर्ता र जनतालाई छोडेर मैमत्त भए भने पक्कै पनि कसैले सरापिरहनु पर्दैन, पराजय र उदो गति त्यहिबाट सुरु भैहाल्छ ।

    क्रान्तिकारी विचार, क्रान्तिकारी चेत र क्रान्तिकारी कार्यदिशा भएन भने क्रान्ति र क्रान्तिको गफ दिने नेताहरुको अभियानले यसै पनि हावा खाइहाल्छ । विप्लवहरुले माओवादी आन्दोलन र पछिल्लो ६ बर्षयताको आन्दोलनमा रगत बगाउने शहिद, घाइते र जेलनेलका साथै प्रतिबन्धमा कष्ट सहने नेता कर्ताकर्ता र शुभचिन्तकहरुलाई कस्तो व्यबहार गर्छन ? त्यसले आगामी दिनमा उनीहरुको बाटो कस्तो रहने हो भन्ने संकेत दिइहाल्छ । केवल धेरै संगठन र मान्छेहरुका टाउकाले मात्रै पनि क्रान्ति हुदैन । परिपक्क, प्रतिबद्ध, दृढ र त्याग तपस्याले समर्पित बलिदानीपूर्ण भावनाले ओतप्रेत नेता कार्यकर्ताको खाँचो हुन्छ ।

    त्यसलाई विप्लवहरुले कति ध्यान दिन्छन् ? त्यो हेर्न आगामी महाधिबेशन कुर्नैपर्छ। नेतृत्वमा तानाशाही प्रवृति, कार्यकर्तामा दास मनोवृति र आग्रह पूर्वाग्रहले सिमा नाघ्दा कतै पार्टी बिघटन हुने त हैन भन्ने गम्भीर प्रश्न विप्लवहरुमाथि पनि छ । शंका र बिश्वास दुवै बराबर गर्दै अगाडी बढौँ, सकारात्मक हिसाबले अन्तरबिरोधको हल गरौँ । क्रान्ति सम्भव छ, क्रान्ति विप्लवले नगरे अरुले पनि गर्लान तर मुक्ति युद्धमा धौ-धौ बाँचेर आएका सिपाहीहरुलाई खगेन्द्र बाजेले झैँ तल्लो स्तरको गालीगलोज नगरौं ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ